अर्थ

सल्यानका किसान आधुनिक कृषि यन्त्रमा आकर्षित

पुस १५, २०७७

    सल्यान : सल्यानमा पछिल्लो समय आधुनिक कृषि यन्त्र प्रयोग बढिरहेको छ। लागत कम र छिटो छरितोबाट काम भएपछि किसानहरू लाभान्वित भएका छन्। 

    खेतबारी जोत्न हाते ट्याक्टर, धान गहुँ झाँट्ने काममा आधुनिक कृषि यन्त्रको प्रयोग बढ्दै गएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ। सरकारी अनुदान नपाउने किसानहरूले पनि पछिल्लो समय आफैँले किनेर उपकरण प्रयोग गर्न थालेका कृषि विकास कार्यालय सल्यानका कार्यालय प्रमुख महेश आचार्यले बताए। 

    श्रम र समयको बचत, सीमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि जिल्लाका किसान उपकरणको प्रयोगतर्फ आकर्षित भएको उनले बताए। उनले भने, 'कृषि विकास कार्यालयले सहुलियतपूर्ण अनुदान उपलब्ध गराएपछि कृषि यान्त्रिकीकरणमा आकर्षण बढिरहेको छ।'

    चालु आर्थिक वर्षमा आधुनिक कृषि यन्त्र खरिद गर्न ४८ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा अहिलेसम्म दुई करोड रुपैयाँ भन्दा बढीको माग आइसकेको कार्यालय प्रमुख आचार्यले बताए। 

    गत वर्ष कार्यालयले मात्रै विभिन्न शीर्षकमा २ सयभन्दा बढी हाते ट्याक्टर लगायतका उपकरण किसानहरूलाई वितरण गरेको थियो। जिल्लामा अधिकतम उपकरण प्रयोग गर्दै आएको कालिमाटी गाउँपालिका-२ का किसान डम्बर केसीले बताए। गोरू पाल्नु भन्दा उपकरणको माध्यमबाट काम गर्दा लागत कम लाग्ने भएकाले यान्त्रीकरण बढ्दै गएको उनको भनाई छ।

    स्थानीय पालिका, प्रदेश र संघीय सरकारले उपकरणमा ५० प्रतिशत अनुदान दिँदै आएको छ। तर आफूहरूलाई नयाँ प्रविधिमा आकर्षित गर्न ९० प्रतिशतसम्म दिनुपर्ने किसानहरूले बताएका छन्‌। परम्परागत तरिकाले खेती गर्दा लागत मूल्य समेत नउठ्ने भएपछि युवा पुस्ता यान्त्रीकरणतर्फ आकर्षित हुँदैछन्‌।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]