धनगढी : नेकपा एमालेनिकट अनेरास्ववियुकी नेतृ राजमती उर्फ रक्षा बमलाई पक्राउ गरिएको छ। अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई हिजो...
काठमाडौं : कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन निरीक्षण गरेकी छन्। बुधबार बिहान विभागमा पुगेकी मन्त्री अर्याललाई विभागका महानिर्देशक उपेन्द्र रायले विभागको ‘ब्रिफिङ’ गरेका थिए।
त्यस अवसरमा बोल्दै मन्त्री अर्यालले मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयहरुको अनुगमन गर्ने निकाय भएकाले विभागसँग स्वस्थ जीवनलाई प्रभाव पार्ने कार्यको जिम्मेवारी रहेको बताइन्। खाद्यवस्तुको गुणस्तर परीक्षण र नियमनको कार्यलाई अभियानकै रुपमा अगाडि बढाउनुपर्ने मन्त्री अर्यालको भनाइ थियो। ‘अहिलेको अनुगमन, निरीक्षण, ल्याब टेष्टको यति कार्यले मात्र हुँदैन। अब घुम्ती टोलीमार्फत नियमित रुपमा अनुमन कार्यलाई अभियानकै रुपमा अगाडि बढाउनुपर्छ’, मन्त्री अर्यालले भनिन्, ‘तपाईहरु योजनासहित अगाडि बढ्नुस्। यसलाई अभियानकै रुपमा हामीले अगाडि बढाउनुपर्छ।’
मन्त्री अर्यालले क्षमता विकास तथा सेवा केन्द्रहरु थप्नुपर्ने आवश्यकता भएमा त्योसहितका योजना बनाउनसमेत कर्मचारीहरुलाई निर्देशन दिइन्। नीति, नियम, ऐनहरु निर्माण गर्नुपर्ने क्षेत्रमा केही अपडेट गर्नुपर्ने भएमा त्यसमा समेत छलफल अगाडी बढाउन उनले आग्रह गरिन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।