राजनीति

प्रचण्ड–माधवले पदका पछि लागेर संविधान र संघीयता धरापमा पारे : लेखराज भट्ट

पुस १५, २०७७

    काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पुष्पकमल दाहाल प्रचण्ड र  माधवकुमार नेपालले पार्टी फुटेको घोषणा गरेको बताएका छन्। प्रधानमन्त्री ओली पक्षको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। 

    उनले पार्टी र संघीयताको रक्षा गर्नका लागि ओलीको पक्षमा लागेको बताए। ‘पार्टी र संघीयताको रक्षाको लागि आफू ओली पक्षमा लागेको छु। प्रचण्ड र माधव नेपालले पार्टी फुटको घोषणा गर्नुभयो’ उनले भने। 

    प्रचण्ड र नेपालले पदको लागि नै पार्टी फुटाएको आरोप लगाए। ‘उहाँहरू पदको लागि माइतीघरको सडकमा सम्म पुग्नुभएको छ। उहाँले कोरोनाका कालमा जनताको भन्दा पदको लागि मात्रै सोच्नुभयो’ उनले भने। 

    प्रचण्डले जनयुद्धको घाइतेहरूलाई एक पटक पनि फर्केर नहेरेको आरोप लगाए। ‘उहाँले जनयुद्धमा घाइते भएकाहरुलाई एकपटक पनि फर्केर हेर्नुभएन। अहिले पूर्व-माओवादीहरू एक हौँ भन्नुहुन्छ’ उनले भने, ‘पूर्व माओवादी र एमाले एक हुनका लागि उहाँले माधव नेपाललाई यहाँ पठाउनुपर्छ।’ 

    संघीयता र संविधानको मास्न खोजेको आरोप लगाए। ‘उहाँहरू नै प्रतिगमनमा उत्रिनुभएको छ’ उनले भने। 

    प्रधानमन्त्री ओलीले निर्वाचनपछि सत्ता हस्तान्तरण गर्ने वा युवालाई हस्तान्तरण गर्ने प्रस्ताव गर्दासमेत अध्यक्ष दाहालले तत्काल पदको लोभले समस्या निम्तिएको बताए। प्रचण्डले सचिवालयमा आरोप नै आरोपको पत्र मात्रै राखेको उनले दाबी गरे। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]