समाज

तमुहरूबीच एकता, सद्‍भाव, सहयोग र समन्वय रहिरहोस् : मन्त्री गुरुङ

फाइल फोटो
पुस १५, २०७७

    काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले तमूहबीच एकता, सद्‍भाव, सहयोग र समन्वयको भावना जगाइराख्न देशविदेशमा रहेका गुरुङ समुदायलाई आग्रह गरेका छन्।

    तमु समुदायको मुख्य पर्व तमुल्होसारका अवसरमा तमु ल्होसार मूल आयोजक समितिद्वारा आज आयोजित कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै उनले ल्होसार पर्वले समुदायको रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्न सहयोग पुग्ने बताएका छन्।     

    गुरुङ समुदायले भव्य रूपमा विगतका वर्षमा टुँडिखेलमा विभिन्न कार्यक्रम आयोजना गरी भेटघाट गर्ने, रमाइलो गर्ने गरे पनि यस वर्ष कोरोना भाइरसका कारण त्यसरी मनाउन नपाइए पनि भिडियोमार्फत शुभकामना दिने र भेटघाट गर्ने अवसर मिलेकोमा आयोजकप्रति नेपाल सरकारका प्रवक्ता गुरुङले धन्यवाद दिए।  

    देशका विभिन्न भूभागमा रहेका गुरुङ समुदायले आज नयाँ वर्षको स्वागतसहित तमु ल्होसार पर्व विभिन्न कार्यक्रम गर्दै मनाइरहेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]