मनोरञ्जन

रचना रिमालको 'तिमीलाई देखेपछि' सार्वजनिक

पुस १५, २०७७

    काठमाडाैं : छोटो समयमै सांगीतिक क्षेत्रमा चर्चित रचना रिमालको स्वर रहेको 'तिमीलाई देखेपछि' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा निरायु गौतमको शब्द तथा स्वर छ भने संगीत ओम सुनारले दिएका हुन्। गीतमा एरेन्ज ओम सुनारको नै रहेको छ।

    यस गीतको भिडियोमा गणेश गिरि,निरायु गौतम र जाबे रिया केसीलाई फ़िचरिङ गराइएको छ। त्यसै सुशान्त श्रेष्ठ ,अस्मिन घिमिरे र निसु आइडूको पनि भिडियोमा अभिनय छ। 

    गणेश गिरिको निर्देशक रहेको गीतको भिडियोलाई चितवनको सौराहा, नारायणघाटलगायत ठाउँमा छायांकन गरिएको हो। निर्देशक गिरिले यसअघि 'पञ्चायत', 'कोपिला'लगायत चलचित्र निर्माण गरिसकेका छन् भने 'बर्बाद' ,'आगो २' ,'पञ्चायत,' 'कोपिला'लगायत चलचित्रमा अभिनय गरिसकेका छन्।

    गिरि अभिनित 'म यस्तो गीत गाउँछु–२' रिलिजको तयारीमा रहेको छ। गिरिले यसै भिडियोमार्फत म्युजिक भिडियो निर्देशकमा हात हालेका हुन्। सौरभ लामाको छायांकन रहेको सार्वजनिक भिडियोलाई गौतम राज खड्काले सम्पादन गरेका हुन्। भिडियोको पोस्ट प्रोडक्सन मोसन पोस्ट स्टुडियोमा गरिएको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]