राजनीति

संसद विघटन विधिसम्मत छ, निर्वाचनमा जान डराउनेले विरोध गरे : विष्णु पाैडेल

प्रचण्ड र माधवलाई सच्चिन प्रभु साहको सुझाव

पुस १५, २०७७

    पर्सा : ​केही विग्रहकारीको उच्छृंखलता र बाहिरी चलखेलबाट देश, जनता र संविधानलाई बचाउन निर्वाचनमा जानुपरेको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन्।

    प्रदेश २ ओली समूहका अगुवा नेता कार्यकर्तालाई निर्वाचनमा जुट्न निर्देशन दिँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका महासचिव समेत रहेका अर्थमन्त्री पौडेलले सरकारले गरेका राम्रो कामलाई देखिसहन नसक्नेले सरकारको विरोध गरेका आरोप लगाए।

    ओली समूहको नेकपाको प्रदेशस्तरीय भेला बुधबार वीरगन्जमा सम्पन्न भएको छ। यो भेलाको मुख्य अतिथिसमेत रहेका अर्थमन्त्री पौडेलले विधिसम्ममत तरिकाले संसद् विघठन भएको पनि दाबी गरे। बहुमत संसद सदस्यको नेतृत्वकर्ता प्रधानमन्त्रीले संसद् विघठन गरी निर्वाचनको मिति तोकिसकिएको अवस्थामा निर्वाचन नहुने भन्ने प्रश्न नभएको उनको तर्क छ।

    संसद् पुनर्स्थापना गर भन्नु विग्रह र विनाशकारी हुनु हो'​​

    आफैं निर्णायक तहमा भएका व्यक्तिहरु पार्टी फुटाएर बाहिर गई संसद् पुनस्र्थापना गर भन्नु विग्रह र विनाशकारी भएको पाैडेलले बताए। पार्टी फुटाएर बाहिर भविष्य खोज्नेले बहुमतको पार्टीभित्र नै रहेर कुण्ठाको आरोपपत्र फिर्ता लिँदै आफ्ना गल्ती सच्याए पार्टीभित्रबाटै उहाँहरुको भविष्य सुरक्षित हुने सँगोलका महासचिवसमेत रहेका पाैडेलले बताए। 

    'सरकारले राम्रा काम गर्दा भित्रकैलाई असह्‍य'  

    आमाको दूध खाँदा नभएर बुबाको घुँडा चुस्नु कुनै अर्थ नहुने उनले उदाहरण दिँदै भने, ‘ओली सरकारले देशी विदेशीसँग नझुकी इतिहास रच्ने गरेका राम्रा कामलाई जनतासम्म लाने र जनताले दिएको सुझाव तथा सरकारका नराम्रा काम राम्रो गरौं भनी सरकारलाई कहिले सुझाव दिइएन। केवल आफ्नो पद र स्वार्थका कुराबाहेक अरु कहिले नगरी अरुलाई हदैसम्मको आरोप लगाउनु विग्रहकारी र विनाशकारी हो।' 

    अदालतमा पुगेको विषयमा सडकमा चर्का नारा लगाउँदै आन्दोलन गर्नुको कुनै अर्थ नरहेको उनले टिप्पणी गरे। बरु उच्छृंखलता त्यागेर गल्ती सच्याउँदै आए अझै पार्टीले साविकका पद सुरक्षित राखिदिएको उनले तर्क गरे। 

    'जनमुक्ति सेनाको रकम र ललिता निवास चड्काउनेबाट के आशा'

    प्रदेश २ का नेकपा ओली गुटका अध्यक्ष तथा सहरी विकास मन्त्री प्रभु साहले चुनावको पक्षमा जाने प्रतिगमनकारी हुन्छ कि नजाने भन्दै प्रचण्ड र माधव गुटलाई सच्चिन सुझाव दिए।

    जनमुक्ति सेनाको नाममा आको रकम नछाड्ने प्रचण्ड र ललिता निवास चड्काउने माधवले भ्रष्टाचाररहित कुरा गर्नु लज्जास्पद भएको उनले बताए। निर्वाचनको डरले संसद पुनर्स्थापनाको झुटा कुरा गरी मरेको बिरालोको जुँगा उखेलेर बहादुरी देखाउन खोज्नुजस्तो हाँस्यास्पद केही नहुने मन्त्री साहले दुवै नेतालाई सच्चिन भने।

    कुर्सी लोलुप्ता र पार्टीको नाममा व्यापार 

    माओवादी पार्टीको नाममा कुर्सी लोलुप्ता र व्यापार गरेर सो पार्टीको नाम निशाना समेत नराख्ने प्रचण्ड र प्रतिगमन सच्चियो भनी राजालाई दाम चढाउने माधवले निर्वाचनमा जाँदा प्रतिगमन देख्नेहरुबाट जनता झुक्किन नहुने प्रदेश २ नेकपा ओली गुटका अध्यक्ष समेत रहेका नेता साहले भने।

    आफू नगर्ने अरुले राम्रो गरेको भन्न नसक्ने 

    कानुन न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले भने, 'भारतबाहेक अरु देशसँग पारवहन सन्धि नभई दक्षिणी नाकाबाट मात्र व्यापार हुने कुरा तोड्दै उत्तरी नाकाबाट पनि कारोबार गर्न सक्ने कदम चाल्ने, नेपालको लिम्पियाधुरा, लिपुलेकजस्ता भूमिमा भारतीय सेना व्यारेक बनाई बस्दा चुँ नबोल्ने पूर्वप्रधानमन्त्री भइसकेका व्यक्तिले राम्रा काम देखिसहन नसकेर ओली नेतृत्वको सरकारलाई असहयोग गर्नु सह्य हुँदैन।'

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]