इलाम : नेकपा एमालेले इलाम क्षेत्र नम्बर २ को आसन्न उपनिर्वाचनलाई लक्षित गरी आज चुनावी सभा आयोजना गरेको छ। सभालाई एमाले अध्यक्ष...
धनकुटा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको महाधिवेशन आयोजक समिति सदस्य राजेन्द्र कुमार राईले आफू ओलीको साथमै रहेको बताएका छन्।
नेकपा धनकुटाका अध्यक्ष समेत रहेका राईले केही मिडियामा प्रचण्ड–नेपाल समूहमा फर्किएको भन्ने भ्रामक समाचार आएको भन्दै त्यसको खण्डन पनि गरेका छन्। उनले केही मिडियामा कपोकल्पित, भ्रामक र व्यक्तिको राजनीतिक चरित्र हत्या गर्ने दुराशयपूर्ण समाचार आएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएका हुन्।
प्रतिनिधि सभा विघटनपछि दुई समूहमा बाँडिएको नेकपाभित्र उनी प्रधानमन्त्री केपी शर्मा ओलीको समूहमा लागेका हुन्। उनलाई ओलीले केन्द्रीय सदस्यसमेत बनाएका छन्।
उनी २०७४ सालको प्रतिनिधि सभा निर्वाचन वामगठबन्धन तर्फबाट धनकुटाबाट निर्वाचित पनि भएका थिए। उनी तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी प्रदेश १ सदस्य र धनकुटा अध्यक्ष भएका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।