‘बिनायो कङकङ, बिनायो कङकङ ए कान्छा घुम्न जाऊँ लै लै मलायो हङकङ यो गीत कुनै सांगीतक कार्यक्रमको ‘स्टेज प्रोग्रा...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपालमा चिनियाँ चासोलाई अन्यथा मान्नुपर्ने कुनै कारण नभएको बताएका छन्। बुधबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा डा. भट्टराईले यस्तो बताएका हुन्।
नेपालमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छिमेकीको चासो हुनु स्वभाविक भएको र यहाँको आन्तरिक विवादमा उनीहरूले चासो राख्दा अन्यथाका रूपमा लिन नहुने भट्टराईले उल्लेख गरे। उनले भने, ‘हिजोदेखि नै हामीले स्थायित्वको पक्षमा छौं भनेका थियौं। स्थायी सरकार प्राप्त गर्यौं भन्यौं, राजनीतिक स्थायित्वको बाटोबाट मुलुकको समृद्धि प्राप्त गर्ने भन्यौं। आन्तरिक विवाद हुनुमा उनीहरूले चासो राख्ने कुरालाई अन्यथा लिनुहुँदैन। चिनियाँ प्रतिनिधिमण्डलको भ्रमणबारे विभिन्न चासो उठाएका छन्, हाम्रो सबैसँग राम्रो सम्बन्ध छ।’
आफूहरूले चिनियाँ कम्युनिष्ट पार्टी र भारतीयहरूसँग राम्रो सम्बन्ध चाहेको र त्यो सम्बन्धको एउटा पाटो भएको उनले बताए। 'आन्तरिक मामिलामा निर्णय लिँदा हामी स्वतन्त्रपूर्वक लिन्छौं। उहाँहरू आउनुभयो, बुझ्नुभयो, अनि जानुभयो। यसलाई अरू हिसाबले बुझ्न आवश्यक छैन।’
संसद् पुन:स्थापना असम्भव भएकाले अब निर्वाचनमा जुट्नुपर्ने डा. भट्टराईको भनाइ थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।