स्थानीय निर्वाचन-२०७९

जर्मनीमा एकैदिन हजार संक्रमितको मृत्यु, स्वीट्जरल्याण्डमा खोप लगाएपछि ज्यान गयो

पुस १६, २०७७

    जर्मनीमा एकैदिन १ हजारभन्दा धेरै कोरोना संक्रमितको मृत्यु भएको छ। 

    स्वीट्जरल्याण्डमा कोरोना विरुद्धको खोप लगाइएका एक वृद्धको मृत्यु भएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। तर, खोप लगाइएकै कारण उनले ज्यान गुमाएको भन्ने पुष्टि भएको छैन।

    स्वीडेनमा बेलायतबाट जाने यात्रुहरूले जनवरी १ तारिखदेखि कोरोना संक्रमण नभएको प्रमाण पेश गर्नुपर्ने भएको छ। 

    बेलायतमा बितेका २४ घन्टाभित्र ५० हजारभन्दा धेरै संक्रमित थपिएका छन्। प्रधानमन्त्री बोसि जोन्सनले आफ्ना नागरिकलाई कोरोना नियन्त्रण प्रयास र सजगता अपनाउने कामलाई दोब्बर पार्न आग्रह गरेका छन्। 

    जारी विश्वव्यापी महामारीबाट अहिलेसम्म ८ करोड २४ लाख ७८ हजार ९१८ जना मानिस संक्रमित भएका छन्। संक्रमितमध्ये १७ लाख ९९ हजार ६५२ जनाको ज्यान गएको छ। 

    यतिखेर संसारमा कोरोनाको तेस्रो लहर शुरू भएको छ र भाइरसको नयाँ स्ट्रेन देखा परेको छ। उत्परिवर्तन (म्युटेसन) भई हाल देखा परेको भाइरस यसअघिको भन्दा ८० गुणा बढी संक्रामक रहेको महामारी विज्ञहरूले बताएका छन्।

    अघिल्लो वर्षको डिसेम्बरबाट फैलिएको कोरोनाबाट अमेरिकामा सबैभन्दा धेरै मानवीय हताहति भएको छ। जोन होप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ १ करोड ९६ लाख ७४ हजार मानिस संक्रमित भएका छन्। ज्यान गुमाएका संक्रमितको संख्या ३ लाख ४१ हजार नाघेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]