काठमाडौं : भारतमा संघीय संसद्को तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आज पहिलो चरणको मतदान हुँदैछ। सातचरणमा हुने मतदानको अन्तिम पर...
रातभरको बिस्फोट, बन्दुक हानाहान र सडकमा सेनाका ट्यांक गुडेको आवाज। हिंसात्मक घटनाहरुका बिच टर्कीले सैन्य 'कु' को प्रयास रोक्न सफल भएको छ।
शुक्रबार टर्कीको सेनाको एक समूहले राष्ट्रपति रेचेप तैयप एर्डगन विरुद्ध सैन्य 'कु' को असफल प्रयास गरेको थियो। सैंन्य विद्रोहीसँग भएको भिडन्तमा कम्तिमा ९० जना मारिएको र एक हजारजना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। त्यहाँको संसदमा बिस्फोट भएको छ।
कुको प्रयास गरेको आरोपमा सरकारले १५ सय जना सैनिकलाई नियन्त्रणमा लिएको छ। भिडियोहरुमा सैन्य कु मा संलग्न सैनिकहरु हात माथि उठाएर आत्मसमर्पण गर्दै गरेका देखिन्छन्।
कुको प्रयास गर्नेहरुलाई टर्कीले देशद्रोही भएको प्रतिक्रिया दिएको छ। 'राष्ट्रद्रोहीहरुले चर्को मूल्य चुकाउनुपर्ने छ', टर्किस राष्ट्रपतिले भनेका छन्।
नागरिकहरुले टाक्सिम स्क्वायरमा सैनिक जवानहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई बझाएका थिए।
सैन्य कुको प्रतिरोध गर्न सडकमा उत्रेकाहरुलाई नियन्त्रणमा लिन तयार सैन्य ट्यांकमा छलिहेर हेर्दै गरेका एक नागरिक।
त्यसपछि उनले सेनाको ट्यांक रोक्ने प्रयास स्वरुप सर्ट खोलेर प्रदर्शन गरे।
सैन्य विद्रोह असफल पारेपछि सैनिक ट्यांकमाथि चढ्दै गरेका प्रहरी र नागरिक।
करिब एक सयजना सैनिकले आत्मसमर्पण गरेपछि सैनिकको ट्यांकमाथि चढ्दै गरेका नागरिक।
भिडन्तमा गोली लागेका एक व्यक्तिलाई उपचारका लागि लाने प्रयास गरिँदै।
गोली लागेका अर्का व्यक्तिलालाई उपचारका लागि लगिँदै।
प्रहरी मुख्यालयमा सैन्य हेलिकप्टरले आक्रमण गर्दा १७ प्रहरी मारिएका छन्। फोटोमा जलिरहेको प्रहरी मुख्यालय।
टर्कीका राष्ट्रपतिले कुको प्रयास गरी देशद्रोहमा संलग्नहरुलाई बदला लिने बताएका छन्।
आफ्ना हजारौँ समर्थकहरुमाझ टर्कीका राष्ट्रपति तैयप एर्डगन। उनले घटनामा संलग्नहरुसँग बदला लिने बताएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।