मनोरञ्जन

विवादमा बिनिता बरालको ‘जुइनो’, कभरको चित्र चोरीकै हो त?

साउन २, २०७३

    काठमाडौः अभिनेत्री बिनिता बरालको उपन्यास ‘जुइनो’ विवादमा आएको छ। गत असार ३० गते सार्वजनिक गरिएको बिनिताको उपन्यास जुइनोको आवरण चित्र अन्यत्रबाट चोरिएको भन्दै ट्विटरमा आलोचना भएको हो।

    जुइनोको आवरण चित्र र पोर्चुगलका लेखक इसाडोरा रिकार्डोको लघु उपन्यास ‘एनिथिङ क्यान ह्‍यापनः इन एडोलोसेन्स’ को आवरणसँग मिल्छ। रिकार्डोको पुस्तकको आवरण चित्र चोरेर ‘जुइनो’ मा प्रयोग गरिएको भन्दै ट्विटरमा प्रकाशक संस्था फाइनप्रिन्टको पनि आलोचना भएको छ।  

    पुस्तक विमोचन कार्यक्रममा लेखक बिनिता बरालले कभर डिजाइन गर्न आफू र फाइनप्रिन्टका प्रकाशक निरज भारीले निकै मिहिनेत गरेको बताएकी थिइन्। उनले ‘उपन्यासको पात्र ‘कथा’ लाई चित्रित गर्ने सोचबाट कभर डिजाइन फाइनल भएको’ बताएकी थिइन्। ‘फूलनेर उभिएकी राम्री युवती राखम् न भनेर यो कन्सेप्टमा कभरको काम भएको हो’, उनले भनेकी थिइन्।

    कुरै नबुझी अतिरञ्जित गरियोः प्रकाशक

    प्रकाशक निरज भारीले फोटो एजेन्सी सटरस्टकसँग उक्त फोटो किनेर प्रयोग गरेको बताए। ‘हामीले सम्बन्धित कपिराइटवालासँग किनेर यो फोटो प्रयोग गरेका हौँ, उपन्यासमा कपिराइट पनि प्रष्ट उल्लेख गरेका छौँ’, भारीले भने, ‘कपिराइट हकको सम्मान गर्दै किनेर कभर फोटो प्रयोग गरेका हौँ।‘

    बिनिताको ‘जुइनो’ मा आवरण चित्रको प्रतिलिपि अधिकार ‘मिलेफ’ सँग सुरक्षित रहेको उल्लेख छ। फोटोग्राफर मिलेफले खिचेको यो फोटो उनले सटरस्टकलाई बेचेको भारीले बताए। 

    सामाजिक सञ्जालमा कुरै नबुझी विषयलाई अतिरञ्जित गरिएको भारीले बताए। उनले पुस्तकको विषयवस्तुअनुसार फोटो खिच्ने र कभर डिजाइन गर्ने मान्छे स्वदेशमा नभेटिएकोले विदेशबाट चित्र किन्ने गरेको बताए। ‘किताबको कन्सेप्ट अनुसार नेपालमा फोटो खिच्ने र कभर डिजाइन गर्ने मान्छे नभेटिने गरेकोले विदेशी प्रचलन अनुसार नै विदेशी कपिराइटवाला फोटा प्रयोग गर्दै आएका छौँ’, उनले भने।

    यसअघि पनि कुमार नगरकोटीको ‘मिस्टिका’ बुद्धिसागरको ‘कर्णाली ब्लुज’ मोहन मैनालीको ‘माण्ठा डराएको जुग’ ब्रजेशको ‘यायावर’ चैतन्य मिश्रको ‘बदलिदो नेपाली समाज’ लगायत पुस्तकका आवरण चित्र अन्यत्रबाट चोरिएको भन्दै आलोचना भएको थियो।

जयसिंह महरा

महरा २०७६ मंसिर १५ सम्म थाहा खबरमा कार्यरत थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]