राजनीति

एमालेलाई पनि सरकारमा सामेल गर्न कर्णको सुझाव

साउन २, २०७३

    भक्तपुर : सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले नयाँ बन्ने सरकारमा नेकपा एमालेलाई पनि सहभागी गराउनु राम्रो हुने बताएका छन्।

    रफत सञ्चार क्लबले भक्तपुरमा गरेको कार्यक्रममा उनले आफुहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्तिको विरोध गरेपनि एमाले विरोधी नभएको प्रष्ट पर्दै नयाँ सरकारमा प्रमुख तीन दल सहभागी भएमा राम्रो हुने बताएका हुन्। कर्णले माओवादी केन्द्र र कांग्रेसले आफुहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएकोले समर्थन गरेपनि सरकारमा भने नजाने बताए।

    भारतको भरमा मधेश आन्दोलन भएको आरोप लगाउने र भारतलाई गाली नगरे खाएको नपच्ने रोगकै कारण भारतसँगको सम्बन्ध बिग्रिएको बताए। उनले भारतसँगको सम्बन्ध बिगार्न केपी शर्मा ओली नेतृत्वको सरकारले मलजल गरेको दावी पनि गरे। ओली सरकारले मधेसका मागलाई टुक्कामा सीमित पारेको पनि आरोप लगाए। उनले नयाँ सरकार गठनमा कानुनी जटिलता नभएको पनि बताए।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद मीन विश्वकर्माले नयाँ सरकारको निर्माणमा संबैधानिक जटिलताको विषय हल्लामात्र भएको भन्दै संविधानमा त्यस विषयमा अस्पस्टता नभएको दावी गरे।

    'यदि त्यस्तो संवैधानिक जटिलता भएको भए सुशील कोइरालापछिको सरकारको नेतृत्व कसरी केपी ओलीले गर्न पाउँथे?' उनले प्रश्न गरे। नेता विश्वकर्माले संवैधानिक जटिलताको विषय उठाएर सरकारले आफ्नो आयु केही दिन लम्ब्याउन मात्र खोजेको आरोप लगाए।

    बिश्वकर्माले ओली सरकार बैदेशिक कुटनीतिमा पूर्ण रुपमा  असफल रहेको भन्दै धेरै देशसँग कुटनीतिक सम्बन्ध विगारेको आरोप लगाए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]