समाज

भोटेकोशीको बाढीले उजाडेको बस्ती विकास गर्न २० करोड

चैत ८, २०७३

    सिन्धुपाल्चोक : भोटेकोसी बाढीले क्षतिग्रस्त गाउँबस्ती संरक्षण गर्न अर्थ मन्त्रालयबाट २० करोड विनियोजन भएको छ। सीमावर्ती गाउँ तातोपानी, गाती देखि बलेफी गाउँपालिकाको लामोसाँघु बजारसम्मका १२ वटा गाउँबस्ती संरक्षणको लागि रकम छुट्टाइएको हो।

    बाढीले प्रभावित बस्तीका स्थानीयले जलउत्पन्न प्रकोप केन्द्रमा पहल गरेपछि रकम दिइएको क्षेत्र नं. १ का सांसद् मोहनबहादुर बस्नेतले बताए। ‘नदीबाट हुनसक्ने क्षति कम गर्न नदी, पहिरो नियन्त्रण जस्ता कार्यमा रकम खर्च गरिनेछ,’ उनले भने, ‘बुधबारबाट कामसँगै निरीक्षण थालेका छौं।’

    ०७३ असार २१ मा आएको बाढीले बढाएको जोखिमलाई कम गर्न रकम ल्याइएको हो। यस स्थानमा गएको पहिरोलाई नियन्त्रण गर्ने काम सुरु भैसकेको छ। सोहि रकमले बलेफी गाउँपालिकाको लामोसाँघुको खेल मैदान समेत बनाइने योजना रहेको छ।

    २० करोड करिडोरको अभियान सुरु भएसँगै नदी छेउका स्थानीयमा उत्साह छाएको छ। बाढीले बाढी गएको ८ महिनापछि बाढीपछि तहसनहस भएका संरचना पुनर्निर्माण सकिन लागेको छ भने बाढीबाट जोगाउन करिडोर थालिएको छ।

    सोहि क्षेत्रमा रहेको चिनसँगको प्रमुख व्यापारीक नाका तातोपानी अझै खुल्न सकेको छैन। तातोपानी नाका नखुल्दा नाकामा व्यापार गरेर जिविका गुजारा गर्नेहरुलाई समस्या परेको छ। चिनीयाँ पक्षले पटक पटक नाका खुलाउने आश्वासन दिएको भएपनि नाका जुरे पहिरो र भूकम्पपछि ठप्प छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]