छापा

सरकार र मोर्चा सहमति नजिक, उपेन्द्र फर्किएपछि टुंगो लाग्ने

चैत ९, २०७३

    काठमाडौं : स्थानीय चुनाव बहिस्कार घोषणा गरेको मधेसी मोर्चालाई मनाउन सरकारले थालेको अनौपचारिक प्रयास सहमति नजिक पुगेको छ। सरकारले संविधान संशोधनविना स्थानीय तह निर्वाचन प्रक्रिया अघि बढाएपछि असन्तुष्ट मोर्चाले तराईमधेसमा चुनाव हुन नदिने र आफूले पनि भाग नलिने घोषणा गरेको थियो।

    सत्तासीन दलका नेतासँग मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा मोर्चाका नेताहरुले सीमाङ्कनबाहेक संविधान संशोधन विधेयकका तीनवटा प्रस्ताव पारित भए चुनावमा जान सकिने बताएपछि राजनीतिक निकास सहमति नजिक पुगेको अड्कल काटिएको हो।

    सरकार पक्षले यसअघि नै सीमाङ्कनबहेक संविधान संशोधन गर्न तयार रहेको जानाउ दिइसकेको छ। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भारतबाट फर्केपछि औपचारिक निर्णय गर्ने भन्दै मंगलबारको बैठक टुंग्याइयो।

    बैठकमा सत्ता पक्षबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री कृष्णबहादुर महरा, नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला तथा मोर्चाबाट फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, तराई मधेस सद्भावना पार्टीका नेता पेशल ढकाल उपस्थित थिए।

    फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव काठमाडौं फर्केपछि अन्तिम निर्णय गरौँ भनेपछि मंगलबारको बैठकमा औपचारिक निर्णय हुन नसकेको हो। 'पार्टी अध्यक्षज्यू (उपेन्द्र यादव) ले म फर्केपछि निर्णय गरौँ भन्नु भएको छ। आज केही निर्णय नगरौँ,' भन्दै श्रेष्ठ बैठकस्थलबाट हिँडेको स्रोतले बतायो।

नागरिक दैनिक

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]