छापा

मधेसी दलबीच ‘पार्टीमा भित्र्याउने’ प्रतिस्पर्धा

चैत ९, २०७३

    वीरगञ्ज : पछिल्लो मधेस आन्दोलनको केन्द्र वीरगञ्जमा यतिखेर मधेसकेन्द्रित दलहरू स्थानीय स्तरमा प्रभावशाली व्यक्तिलाई आफूतिर तान्न कस्सिएका छन्। संविधानविना मधेसमा स्थानीय तहको निर्वाचन गर्नै नदिने बताउँदै आएका उनीहरूबीच चुनावको मिति नजिकिँदै गर्दा प्रभावशाली उद्योगी, व्यापारी, गाउँका पूर्वमुखियालाई पार्टीप्रवेश गराउने ‘होडबाजी’ नै चलेको हो।

    आइतबार वीरगञ्जभन्दा २० किमि पश्चिममा रहेको पोखरियामा संघीय समाजवादी फोरमका केन्द्रीय अध्यक्ष विजय सरावगी, पप्पु कन्सट्रक्सनका सञ्चालक हरिनारायण रौनियार, जगदम्बा प्रालिका रमेश अग्रवाललगायत उद्योगी÷व्यपारी र सयौं स्थानीयलाई अबिर–माला पहिर्याएर पार्टीमा भित्र्याए। कार्यक्रममा उर्लिएको भीड देखेर हौसिएका नेताहरूले आगामी निर्वाचनमा ‘फोरमकै कब्जा हुने’ दाबी गरे।

    वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका सरवगी वीरगञ्ज उपमहानगरपालिकाका मेयरका आकांक्षीसमेत रहेको उनीनिकट स्रोतले जनाएको छ। भारतीय नाकाबन्दीका क्रममा नाकामा बसेका धर्नाकारीलाार्ई मेस सचालन गरेका सीमावर्ती नाका रक्सौलका व्यापारी महेश अग्रवालको सरावगीसँग  पारिवारिक सम्बन्ध छ। सरावगी पार्टी प्रवेश गर्दा अग्रवालले पनि मञ्चमा आसन ग्रहण गरेका थिए। फोरम अध्यक्ष यादवले अग्रवाललाई मेस सञ्चालन गरेबापत आभार प्रकट गर्दै अंकमाल गरेका थिए। सरावगीले भने मधेस आन्दोलनलाई अझ सशक्त ढंगले अगाडि बढाउन आफू पार्टीप्रवेश गरेको बताए। 

    यसैगरी तराई–मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, सद्भावनालगायतले पनि पार्टीप्रवेशका कार्यक्रम गरिरहेका छन्। तमलोपाले गत शनिवार अलौंमा बृहत् रूपमा गरेको कार्यक्रममा प्रवक्ता तथा वीरगञ्जका पूर्वमेयर विमलप्रसाद श्रीवास्तवले नवप्रवेशीलाई अबिर र माला लगाएर पार्टीमा भित्र्याएका थिए।

कान्तिपुर दैनिक

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]