छापा

तीन लाखमै चिटिक्क परेको नयाँ घर

तस्बिर : पुनर्निर्माण प्राधिकरण
चैत ९, २०७३

    काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पप्रतिरोधी घरको ६ वटा नयाँ डिजाइन तयार गरेको छ। भूकम्प प्रभावित जिल्लाका ग्रामीण भेगलाई लक्षित गरी प्राधिकरणले न्यून लागतमा निर्माण गर्न सकिने ६ वटा डिजाइन तयार गरेको हो।

    नयाँ डिजाइनअनुसार कम्तीमा दुई लाख ९२ हजार रुपैयाँ लागतमा दुईकोठे भवन निर्माण गर्न सकिने प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए। 'कम लागतमा बनाउन सकिने ६ वटा नयाँ डिजाइन मंगलबार प्राधिकरण कार्यकारी समिति बैठकले स्वीकृत गरेको छ,' भुसालले भने, 'कार्यकारी सदस्य डा. हरिराम पराजुली संयोजकत्वको मापदण्ड निर्धारण समितिले प्रमाणीकरण गरेपछि यो लागू हुनेछ।'

    नयाँ डिजाइनअनुसार ढुंगाको जोडाइ र माटोको गारोका एकतले घर र ढुंगाको गारोमा माटोको जोडाइ तथा सिमेन्टको समेत जोडाइमा भूकम्पप्रतिरोधी घर बनाउन सकिने प्राधिकरणले जनाएको छ। 

    'भूकम्पपीडितले विभिन्न विकल्पमध्ये आफूलाई मन पर्ने डिजाइनमा नयाँ घर बनाउन सक्नेछन्। यसबाट निजी आवास पुनर्निर्माणले तीव्रता पाउने प्राधिकरणको विश्वास छ,' प्रवक्ता भुसालले भने। 

    प्राधिकरणले यसअघि १७ वटा नमुना डिजाइन भूकम्पपीडितलाई उपलब्ध गराएको थियो। ती डिजाइनमा घर बनाउँदा बढी खर्चिलो र प्राविधिक समस्या पनि परेको गुनासो पीडितले गर्दै आएका छन्।

नागरिक दैनिक

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]