छापा

'आउँदा गाली गर्छन्, जाँदा माफी माग्छन्'

चैत ९, २०७३

    काठमाडौं : मानसिक रोगी अस्पतालमा आउँदा धेरै रिसाहा, कोही नबोल्ने भएका कारण नर्सहरूलाई भने धेरै समस्या हुने गरेको पाइन्छ। अरू रोगीभन्दा मानसिक रोगीलाई बुझाउन गाह्रो हुने तथा नबुझ्ने भएका कारण नर्सले उनीहरूको सेवामा बढी समय दिनुपर्ने हुन्छ।

    एकान्तकुनास्थित रिदम न्युरो हस्पिटल एन्ड रिसर्च सेन्टरमा विगत दुई वर्षदेखि मानसिक रोगी कक्षमा कार्यरत सुन्दरी खड्का (स्मृति) मानसिक रोगीलाई अन्य बिरामीभन्दा बढी समय छुट्याउनुपर्ने अनुभव व्यक्त गर्छिन्। उनले मानसिक रोगी अस्पतालमा आउँदा क्रोधमा आउने भएका कारण अलि समस्या हुने र उनीहरूलाई सम्झाउन तथा बुझाउन कठिन हुन्छ भन्दै थप्छिन्, ‘रिसाएको बेला अपशब्द बोल्ने गर्छन् त्यस्तो बेला हामी संयमित हुनु आवश्यक हुन्छ।’ 

    औषधि खान दिँदा रोगीहरू भाग्ने, खान नमान्ने, फाल्नेजस्ता व्यवहार गर्छन् त्यस्तो बेला गार्ड दाइको मद्दत लिनुपर्ने जानकारी दिँदै उनले भनिन्, ‘नसाबाट दिनुपर्ने औषधि लगाउन झन् गाह्रो हुन्छ, मान्दै मान्दैनन्, त्यसबेला रोगीको परिवार र गार्ड दाइको मद्दतबाट हात खुट्टा समातेर दिनुपर्ने हुन्छ।’ 

    अस्तालमा बढी साइकोसिस, लागूपदार्थ दुव्र्यसनमा फसेका तथा जाँड, रक्सी खानेहरू आउने गरेको जानकारी दिँदै खड्का भन्छिन्, ‘लागूऔषध तथा जाँड रक्सीको कुलतमा फस्नेहरू त अस्पतालमा आउँदा पनि अब कताबाट ल्याउने हामीलाई रक्सी ल्याउदेऊ जस्ता कुरा पनि गर्ने गर्छन्, त्यस समयमा हामीले सम्झाउन अलि कठिन हुन्छ ।'

    बिस्तारै औषधि सेवन गरेपछि ठीक भएर घर जाँदा भने बिरामीहरूले होस नभएको समयमा भएको दुव्र्यवहारप्रति माफी माग्छन्। तिमी मेरो छोरी नातिनी बहिनीजस्तै हो नरिसाऊ है भन्दै माफी माग्नेहरू धेरै छन्।

    यता पोखरास्थित मणिपाल अस्पतालमा विगत चार वर्षदेखि मानसिक रोगी कक्षमा कार्यरत जमुना थापालाई भने मानसिक रोगीले लात हानेको सम्झना भने नराम्रो छ। उनी भन्छिन्, ‘कहिलेकाहीँ त कस्तो होला नर्स भएर पनि लात खानुपर्ने जस्तो लाग्छ तर पछि मनलाई बुझाउँछु ।’

    मानसिक रोगीलाई हेर्न धेरै समस्या पर्छ झन् नबोल्ने खालको बिरामीलाई हेर्न त कुरै नगराउनुस्। उनी भन्छिन्, 'औषधि खाइदिँदैन, आफ्नै संसारमा हुन्छन्, रिसाहा हुन्छ, त्यस्तो व्यक्तिलाई नियन्त्रण गर्न अति कष्ट हुन्छ।  खड्काजस्तै थापालाई पनि बिरामीलाई औषधि दिने समयमा कष्ट हुने रोगीहरूलाई धेरै सम्झाउनुपर्ने हुन्छ भने नसाबाट दिनुपर्ने औषधि दिने समयमा गार्ड दाइको मद्दतले हात खुट्टा समातेर दिनुपर्छ त्यो समयमा कति लात खानुपर्छ त्यो भने मन नपर्ने पनि थापा बताउँछिन्।

गोरखापत्र

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]