छापा

मावि चलाउन फर्जी विद्यार्थी

चैत ९, २०७३

    ललितपुर : टीकाभैरवमा रहेको प्रभाततारा बोर्डिङ स्कुलले विद्यार्थीको फर्जी  विवरण देखाएर माध्यमिक तहको ९ कक्षा अध्यापनका लागि निवेदन दिएको छ। विद्यालयले ८ कक्षासम्म सञ्चालन अनुमति पाए पनि विद्यार्थी नै नभएकाले कक्षा सञ्चालन भएको छैन।

    विद्यालयले कक्षा ८ मा २७ विद्यार्थी भएको नक्कली हाजिरी कापी बनाएर जिल्ला शिक्षा कार्यालयमा २०७३ पुस २९ मा पेश गरेको थियो। विद्यालयले कक्षा ८ को परीक्षा सञ्चालन गर्न जिशिकाबाट नाटकीय ढंगबाट प्रश्नपत्र र उत्तरपुस्तिकासमेत लगेको थियो।

    शिक्षा नियमावली-२०५९ अनुसार विद्यालयमा तह÷कक्षा थप गर्न ८ मा अनिवार्य २२ विद्यार्थी आवश्यक पर्छ। त्यस्तै शिक्षक नियुक्तिपत्र, नजिकैका २ विद्यालयको सहमतिपत्र, सञ्चालकले विद्यालय खोल्न गरेको निर्णय, विद्यालय निरीक्षक र स्रोतव्यक्तिको उपस्थितिमा बसेको व्यवस्थापन समिति बैठकको निर्णय आवश्यक पर्छ।

    कक्षा थप गर्न स्थलगत निरीक्षणमा गएका विद्यालय निरीक्षक कृष्णप्रसाद घिमिरेले गत माघ २५ मा पेश गरेको प्रतिवेदनमा शिक्षा नियमावलीअनुसार विद्यार्थी संख्या पर्याप्त र बढ्ने सम्भावना रहेको उल्लेख गरेका थिए। मावि शिक्षकमा एनबी महर्जन, सुमन महर्जन र सुमित महर्जन रहेको प्रतिवेदनमा उल्लेख थियो।

    घिमिरेका अनुसार पुनः चैत ३ गते निरीक्षणमा जाँदा विद्यार्थी मात्र होइन ८ कक्षाको कोठासमेत नभएको भेटियो। ‘त्यसपछि तत्काल अनुमति रोक्न कार्यालयमा निवेदन दिएँ’, उनले भने, ‘विद्यार्थी नभएको कक्षा ८ मा भर्ना शुल्क १५ सय, मासिक ९ सय ५० र परीक्षा शुल्क ४ सय राखिएको थियो।’

    विद्यालयले जिशिकामा पेश गरेको निवेदन फाराममा भरेको विवरण झुटो ठहरे कानुनबमोजिम सजाय हुने उल्लेख छ। प्रभाततारा विद्यालयका प्रिन्सिपल न्हुच्छे महर्जनले कक्षा ८ का विद्यार्थी पाटनको रहेको दाबी गरे। ‘तर जाँच दिन आएनन्’, उनले भने नआउनेलाई घरघरमा गएर बोलाउन सकिँदैन। प्रक्रिया पुर्याएरै विद्यालय अपग्रेडका लागि निवेदन दिएको उनको दाबी छ।

कान्तिपुर दैनिक

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]