समाज

सवारी दुर्घटनामा चालकको मृत्यु

चैत ९, २०७३

    चितवन : दारेचोकस्थित कुरिनघाटनजिकै बुधबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको  छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।

    नारायणगढबाट काठमाडौं जाँदै गरेको ग २ च ३३६५ नम्बरको बोलेरो पिकअपलाई विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो। गम्भीर घाइते भएका बोलेरो चालक धादिङ सिम्लेका २१ वर्षीय किरण तामाङको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।  

    करिब २ बजेतिर साविक दारेचोक गाविस–७ कुरिटघाटमा ट्रकले ठक्कर दिँदा कुखुरा बोकेको बोलेरो सडकबाट ५० मिटर तल त्रिशुली नदी किनारमा पुगेको थियो।घाइते हुने तनहुँ दमौलीका २० वर्षीय राजेश सुनार र चितवन भरतपुर–१८ का २२ वर्षीय सुरज पोखरेलको उपचार भरतपुर मेडिकल कलेजमा भइरहेको छ। ट्रक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]