समाज

कोरियाली भाषा परीक्षाको आवेदन खुला, अनलाइनबाट फाराम भर्न सकिने

चैत ९, २०७३

    काठमाडौं : आगामी वर्षका लागि कोरिया जाने कामदारका लागि कोरियाली भाषा परीक्षाको आवेदन खुलेको छ। रोजगार अनुमति प्रणाली ‘ईपीएस’ अन्तर्गत सन् २०१८ को कोरियाली भाषा परीक्षाका लागि अनलाइनमार्फत आवेदन दिन सकिनेछ। 

    ईपीएस शाखाका निर्देशक बाबुराम खतिवडाले बुधवार ९ बजे आवेदन खुलेको र चैत १८ गते राति १२ बजेसम्म आवेदन दिन सकिने जानकारी दिए। आवेदनका क्रममा आउनसक्ने समस्या र  समाधानका लागि सम्पूर्ण तयारी गरिएको छ। अनलाइन आवेदनका लागि २४ अमेरिकी डलर बैंकमा जम्मा गरेको भौचर, राहदानी नम्बर राखेपछि मात्र अनलाइन फारमका लागि पेज खुला हुनेछ। 

    आवदेन भर्नेको प्रवेश पत्र इमेलमा पठाउने व्यवस्था गरिएको खतिवडाले बताए। कोरियाली भाषा परिक्षा भने आउँदो जेठ २७ र २८ गते हुनेछ। कोरियाले सन् २०१८ मा कृषि क्षेत्रमा ६ हजार र उत्पादनमुलक क्षेत्रमा चार हजार कामदार लैजाने जनाएको छ।

    अहिलेसम्म ४३ हजार नेपाली श्रमका लागि कोरिया पुगिसकेका छन्। यो वर्ष झण्डै ८० हजारले आवेदन दिने ईपीएस शाखाको अनुमान छ। दक्षिण कोरियामा काम गर्न जानका लागि कोरियाली भाषा परीक्षा पास गर्नुपर्छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]