पछिल्लो १० वर्षमा ३६ हजार आप्रवासीले डुबेर ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको छ। भएको बताएको छ। १० वर्षमा डुबेर मृत्यु हुने आप्रवासीक...
बेलायतले मध्यपूर्व र उत्तर अमेरिकी देशबाट इलेक्ट्रोनिक्स सामान लिएर जहाजमा चढ्न नपाउने नियम लागु गर्ने भएको छ। आठ मुस्लिम बाहुल्य देशबाट इलेक्ट्रोनिक्स सामान लिएर विमानमा यात्रा गर्न नपाइने अमेरिकाको निर्णयलगत्तै बेलायतले पनि यस्तो नियम लगाउने भएको हो।
बेलायतले पनि अमेरिकाले जस्तै क्याबिन ब्यागमा ल्यापटप, ट्याबलेट जस्ता इलेक्ट्रोनिक्स सामग्री लिएर जहाज चढ्न नपाउने नियम लागु गर्न लागेको छ। बेलायतले टर्कीबाट हुने उडानमा विद्युतीय सामान बोकेर जहाज चढ्न नपाउने नियम लागु गर्न लागेको बीबीसीले जनाएको छ। बेलायती प्रतिबन्धले विभिन्न १४ वटा र अमेरिकी निर्णयले विभिन्न नौ वटा एयरलाइन्न्स प्रभावित हुनेछन्।
बेलायत र अमेरिकामा धेरै उडान भर्ने टर्किस् एयरलाइन्स प्रभावित हुनसक्ने भएपछि टर्की सरकारले प्रतिबन्ध गलत भएको भन्दै निर्णय फिर्ता लिन माग गरेको छ। अमेरिका र बेलायत पछि क्यानडाले पनि यस्ता सामग्री बोक्न प्रतिबन्ध लगाउने तयारी गरेको अन्तर्राष्टिय सञ्चार माध्यमले जनाएका छन्।
सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर यस्तो नियम लागु गर्न लागिएको अमेरिका र बेलायतले दाबी गरेका छन्। यो निर्णयबाट मोरक्को, स्तानबुल टर्की, जोर्डन, साउदी अरेबियाका जेद्दाह र रियाद, कुवेत, दोहा, अबुधावी तथा दुवईबाट हुने उडानमा समस्या पर्नेछ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।