काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (बुधवार) दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक १० दशमलव ८३ अंकले घटेर २ हजार ३० दशम...
- मेघराज खड्का-
रुकुम : सरकारले लघु उद्योगहरु निःशुल्क दर्ता गर्ने प्रक्रिया सुरु गरे पनि रुकुममा भने निकै न्यून संख्यामा मात्र दर्ता भएका छन्। जिल्लामा २ हजार बढी लघु उद्योगहरु भएको अनुमान गरिए पनि हालसम्म एक दर्जन मात्र दर्ता भएका हुन्।
यसअघि, उद्योग दर्ता गर्न ५ देखि १० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने बाध्यता रहेको थियो। झन्झटिलो दर्ता पक्रिया र रकम खर्च गर्ने नमानेर लघु उद्यमीहरु दर्ता नभएपछि उद्योग मन्त्रालयले परिपत्र गरेको छ। जसअनुसार घरेलु तथा साना उद्योग विकास समिति रुकुममा पनि अब निःशुल्क लघु उद्योगहरु दर्ता हुनेछन्।
आफ्नो लघु उद्योग कार्यालयमा आएर दर्ता गरी कानुनअनुसार उद्योग सञ्चालन गर्न र दर्ता पछिको सरकारी सेवा लिन कार्यालयका निमित्त प्रमुख शुकदेव गौतम बताउँछन्। उनका अनुसार लघु उद्यमीहरुको हितलाई ध्यानमा राख्दै सरकारले उद्योग दर्ता गरेको ५ वर्षसम्म आयकर छुट दिने निर्णय पनि गरेको छ ।
‘लघु उद्यमीहरुको लागि यो निकै ठूृलो मौका हो, निःशुल्क उद्योग पनि दर्ता, आयकर पनि छ’ उनले भने, ‘दुवै हातमा लड्डुजस्तो यो अवसर नगुमाउन म सबै साना उद्योगीहरुलाई अनुरोध गर्छु तर, रुकुममा खासै त्यसको फाइदा उठाएको देखिएन ।’
कति छन् रुकुममा लघु उद्योग
जिल्ला लघु उद्यमी समूह संघका ११ सय ३४ उद्योगहरु दर्ता भएका छन् भने त्यसमा पनि दर्ता नभएर सञ्चालनमा रहेका २१ सय बढी लघु उद्यमीहरु रहेको अनुमान गरिएको छ। लघु उद्यमीहरुको लागि महिला विकास, कृषि, पशु लगायतका विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट तालिम लिएका पनि धेरै उद्यमीहरु पनि संघ र घरेलु कार्यालयमा दर्ता छैनन्।
सरकारले निःशुल्क गर्नुअघि पनि सानोतिनो संख्यामा लघु उद्यमीहरु घरेलु कार्यलयमा दर्ता हुने गरेका थिए। त्यसको अर्थ सरकारी सेवा सुविधाजस्तै उद्योग सामग्रीमा अनुदान, तालिम र अन्य विभिन्न सुविधाहरु पाउनु नै हो।सोचेअनुसार भन्दा कम उद्योग दर्ता भएका कारण नै सरकारले धेरैभन्दा धेरै लघु उद्यमीलाई दर्ता गरेर वैधानिक हुने अवसर पाऊन् भनेर नै यस्तो निर्णय गरेको हो।
कसरी गर्ने दर्ता
निःशुल्क लघु उद्योग दर्ता गर्न उक्त उद्योग जिल्ला लघु उद्यमी समूह संघमा आबद्ध भएको हुनुपर्छ। त्यसमा आबद्ध भएको उद्योगलाई जिल्ला लघु उद्यमी समूह संघले दर्ताका लागि सिफारिस दर्ता घरेलु कार्यालयसम्म गएर सहजीकरण पनि गरिदिने गरेको छ।
जिल्ला लघु उद्यमी समूह संघ रुकुमका अध्यक्ष गोपिराम खड्का अनुसार उक्त परिपत्र जिल्लामा आएदेखि एक दर्जन बढी उद्योगीहरुले निःशुल्क दर्ताको फाइदा उठाइसकेको र बाँकी सबै लघु उद्यमीहरुलाई पनि सरकारले दिएको सुनौलो मौकाको फाइदा उठाउन अनुरोध गरेका छन्।
घरेलु तथा साना उद्योग विकास समिति रुकुमबाट निःशुल्क रुपमा लघु उद्यम व्यवसाय दर्ता गरिन्छ। त्यसका लागि जिल्ला लघु उद्यमी समूह संघले सहजीकरण गर्दै आइरहेको छ। समूह संघको कार्यलमा गएर यसबारे विस्तृत जानकारी लिन सकिन्छ। दर्ताका लागि उद्यमीको नागरिकताको प्रतिलिपी, जिल्ला लघु उद्यमी समूह संघमा दर्ताको प्रमाण पत्रको प्रतिलिपी, सीप विकास तालिमका प्रमाण पत्र प्रतिलिपी र पासपोट साइजको फोटो २ प्रति उपलब्ध गराएर निःशुल्क उद्योग दर्ता हुन्छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।