राजनीति

थ्रेसहोल्ड ३ प्रतिशत, राष्ट्रिय दल बन्न प्रत्यक्षमा पनि १ सिट अनिवार्य

चैत ९, २०७३

    काठमाडौं : राष्ट्रिय दलको मान्यता पाउन ३ प्रतिशत मत र प्रत्यक्षतर्फ कम्तिमा १ सिट जित्नै पर्ने भएको छ।

    व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिअन्तर्गत गठित उपसमितिले समानुपातिकतर्फ ३ प्रतिशत मत र प्रत्यक्षतर्फ कम्तिमा १ सिट ल्याउने दललाई मात्र राष्ट्रिय दलको मान्यता दिने गरी निर्णय गरेको हो।

    उपसमितिले अहिले केहीबेरमा बस्ने समितिको बैठकमा प्रतिवेदन बुझाउँदैछ। ‘हामीले थ्रेसहोल्डको विषय टुङ्ग्याएका छौँ,’ उपसमिति संयोजक आनन्दप्रसाद ढुंगानाले थाहा खबरसँग भने, ‘अब समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षमा १ सिट ल्याउने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने छन्।’

    थ्रेस होल्डसम्बन्धी विषयमा सहमति जुट्न नसक्दा विधेयकले अन्तिम रुप पाउन सकेको थिएन। निर्वाचन आयोगले ५ प्रतिशत थ्रेसहोल्ड राख्न प्रस्ताव गरेको थियो, तर मधेसी मोर्चामा आवद्धसहितका साना दलहरुले आपत्ति जनाएपछि थ्रेस होल्डलाई ३ प्रतिशतमा कायम गरिएको हो।

    थ्रेसहोल्ड ३ प्रतिशत राख्ने विषयमा समेत साना दलहरुले आपत्ति जनाएका छन्। उनीहरुको विरोधका बावजुत उपसमिति ३ प्रतिशत थ्रेस होल्डको निर्णयमा पुगेको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]