सर्लाही : सर्लाहीमा रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ। एक गम्भीर घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्...
लहान : सिरहाको पश्चिमवर्ती कर्जनहा गाउँपालिका २ (साविक बडहरामाल गाविस ३) बन्दीपुरस्थित अवैध ढंगले सञ्चालन गरिएको निजी स्वास्थ्य क्लिनिकमा उपचारका लागि भर्ना भएकी महिलाको मृत्यु भएपछि आक्रोशित आफन्तले तोडफोड गरेका छन्। प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ।
कर्जनहा गाउँपालिका २ घर भएकी करिब २५ वर्षीया रेखादेवी मुखियाको मंगलबार साँझ मृत्यु भएपछि प्रहरीले स्थानीय राइन मेडिकेयरका सञ्चालक ताहिर राइनलाई पक्राउ गरेको हो। घटनाको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक यम अधिकारीले जानकारी दिए।
अनुहारमा आएको डण्डीफोर हटाउन सक्छु भन्दै सञ्चालकले लोभ्याएपछि शल्यक्रिया गराउन मंगलबार दिउँसो क्लिनिकमा भर्ना भएकी मुखियाको शल्यक्रियापछि अत्यधिक रक्तश्राव भएको उनीसँगै गएकी सासु मसिहादेवी मुखियाले बताइन्।
‘भर्ना भएलगत्तै पाँच / छ बोतल स्लाइन दिएपछि बेहोस बनेकी ब्ुहारीको अनुहारको शल्यक्रिया गरेपछि रगत थामिएन’ सासु मसिहादेवीले रुँदै भनिन्, ‘रगत नथामिएपछि बेहोस अवस्थामै कर्जनहास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल लैजाँदा बोटोमै मृत्यु भयो ।’एक छोरा र एक छोरीकी आमासमेत रहेकी रेखादेवीकी पति रोजगारीको सिलसिलामा कतारमा छन्।
क्लिनिकले जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाबाट अनुमतिसमेत नलिई अवैध ढंगले बिरामीको उपचार गरिरहेको खुलेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका निमित्त प्रमुख उमेशलाल कर्णले केही दिन पहिले क्लिनिक सञ्चालनका लागि पक्राउ परेका राई बुझ्न मात्र आएको तर, सञ्चालन अनुमति नलिएको जानकारी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।