समाज

डिभिजन सडक कार्यालयलाई हस्तान्तरण नगर्दै उप्कियो पिच

चैत ९, २०७३
    • राजेन्द्रबहादुर सिंह

बझाङ : कालोपत्रे सकेर डिभिजन सडक कार्यालयलाई हस्तान्तरण नगर्दै पिच उप्किएर जयपृथ्वी राजमार्ग जिर्ण अवस्थामा पुगेको छ। बैतडीको खोड्पेबाट बझाङको चैनपुर जोड्ने एक मात्र पक्की सडक हस्तान्तरण नहुँदै बिग्रिएको हो।

काम सम्पन्न गरी हस्तान्तरण गर्ने चरणमा रहेको यो सडकको अधिकाशं स्थानमा पिच काम नलाग्ने गरी बिग्रिएको छ। यो बझाङलाई अन्य जिल्लासँग जोड्ने एकमात्र सडक हो। यसको कुल लम्बाई १०८ किलोमिटर छ।

सडकमा पिच उप्किएर दर्जनौँ स्थानमा खाल्डाखुल्डी परेका छन्। ‘सडकमा खाल्डा परेर यात्रा गर्नै नसकिने भएको छ,’ जीप चालक सन्तोष धामीले भने, ‘बाटो राम्रो नभएका कारण ठाउँ-ठाउँमा गाडी बिग्रने हुन्छ। यो बाटोमा चल्ने नयाँ गाडीहरु पनि छिटो–छिटो बिग्रन्छन्।’ सडकको दुराबस्थाका कारण पट्टा भाँचिने, पानी पसेर हर्नले काम नगर्ने तथा इञ्जिनमा खराबी आउनेजस्ता समस्या देखिने गरेको उनले बताए।

बाटोका कारण गन्तब्यमा पुग्नसमेत ढिलाई हुने गरेको यात्रु मकरराज धामीले बताए। ‘बागथलादेखि चनैपुर पुग्दासम्म गाडी हल्लिएर सद्धे मान्छे पनि बिरामी भइसक्छ, पिच भएको एकवर्ष नपुग्दै पूरै बाटो कच्चीभन्दा खत्तम भइसकेको छ।’

पाँच वर्षपहिले पिच गरिएको खोड्पेदेखि बागथलासम्मको सडक खण्डमा खासै समस्या नभए पनि तीन वर्ष अघिदेखि सुरु गरीएको बागथला–चैनपुर ४० किलोमिटर सडक नराम्री बिग्रिएको छ।

‘काम नसक्दै धेरै ठाउँमा पिच उप्किन थालिसकेको थियो,’ स्थानीय शिक्षक कमल खत्री भन्छन्, ‘सडकको गुणस्तर राम्रो बनाउनभन्दा पनि छिटो काम सकेर मुनाफा र कमिसन कुम्ल्याउनमा ठेकेदार र आयोजना कार्यालय लागेका कारण यस्तो भएको हो।’ विश्व बैंकको आर्थिक सहयोगमा करिब ३० करोडको लागतमा कालोपत्रे सम्पन्न भएको थियो।

बागथलादेखि झोतासम्म लुम्बीनी र लोहनी निर्माण सेवा, झोतादेखि तमैलसम्म कालिका र याक्थुहाङ्ग निमार्ण कम्पनी एवम् तमैलदेखि भोपुरसम्म लामा र गोल्डेन गुड निर्माण कम्पनीले कामको जिम्मा पाएका थिए। 

सडककै पासमा निर्माण भएका सिँचाई कुलोहरुबाट चुहिएको पानी तथा विभिन्न शाखा सडक निर्माण गर्दा खसेको ढुंगा र माटोले पिच बिग्रेको र नियमित मर्मत सम्भारका लागि कर्मचारी नहुँदा थप समस्या भएको डिभिजन सडक कार्यालयका प्रमुख ललिजन खनाल बताउँछन्। ‘डिभिजन सडक कार्यालयलाई हस्तान्तण भइसकेपछि सडक मर्मत सम्भारको काम अगाडि बढाउने तयारी गरिरहेका छौँ,’ खनालेले भने। अबका दिनमा नियमित मर्मत सम्भार गर्ने कर्मचारीको पनि व्यवस्था उनी बताउँछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]