सर्लाही : सर्लाहीमा रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ। एक गम्भीर घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्...
काठमाडौं : राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले विद्यमान कार्यविधिबाट पुनर्निर्माणको काम गर्न नसकिने जनाएको छ।
प्राधिकरणका कार्यकारी अधिकृत डा. गोविन्द पोख्रेलले पुनर्निर्माण सम्बन्धमा बनाइएको प्राधिकरणको कार्यविधि निकै झन्झटिलो र कडा भएका कारण पुनर्निर्माणको काममा समस्या परेको बताएका हुन्।
व्यवस्थापिका संसदको विकास समितिको बुधबारको बैठकमा प्राधिरणका कार्यकारी अधिकृत पोख्रेलले फेल र पासको रुपमा कार्यविधि बनाइएको भन्दै त्यस किसिमको कार्यविधिमा आधारित भई सहरमा पनि काम गर्न नसकिने बताएका हुन्। मुलुकको भौगर्भिक वस्तुस्थितिको पूर्व आँकलन बिना बनाइएको कार्यविधि नै पुनर्निर्माण कार्यको मुख्य बाधक भएको उनको तर्क थियो।
पुर्ननिर्माणको काम सम्पन्न हुन नसक्नुको अर्को मुख्य कारण प्राविधिक जनशक्तिको कमी पनि रहेको उनले उल्लेख गरे। २ सय बढी इन्जिनियरले राजीनामा दिइसकेको उनले उल्लेख गरे। त्यसैगरी दातृ निकायले बोलेको रकम राखेर प्राधिकरणको बजेट बनाइएको तर बास्तवमा प्रयोगका लागि बजेटको पनि अभाव रहेको उनको दाबी छ।
बैठकमा समिति सदस्यहरुले प्राधिकरणको कार्यविधिले सुकुम्बासी, गुठीमा बसेका लगायतसँग अनुदान सम्झौता गर्न रोक लगाएको भन्दै परिमार्जनको माग गरेका थिए।
पुनर्निर्माण र अनुदान रकम वितरण तथा गुनासो सुनुवाईको सवालमा प्राधिकरण नै अलमलमा परेको, आवश्यक सेवा सुविधा नदिएका कारण कार्यस्थलबाट धमाधम इन्जिनियरहरुले राजीनामा दिएको भन्दै समिति सदस्यहरुले गम्भीर हुन प्राधिकरणको ध्यानाकर्षण गराएका थिए।
विकास समितिले पुनर्निर्माण तथा अनुदान रकम वितरणका सम्बन्धमा भएको पछिल्लो प्रगतीबारे जानकारी लिन बुधबार प्राधिकरणका कार्यकारी अधिकृत डा. पोख्रेललाई समितिमा बोलाएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।