अर्थ

अदुवाले बजार नपाउँदा पर्वतका किसान चिन्तामा

चैत ९, २०७३

    पर्वत : पर्वतको उत्तरी क्षेत्र जलजला गाउँपालिका र आसपासका क्षेत्रमा लगाइएको अदुवाले बजार नपाएपछि कृषकहरु चिन्तामा परेका छन्। परम्परागत रुपमा लगाउँदै आएको मकै र कोदो खेती त्यागेर अदुवा खेती गरेको भए पनि अदुवा बिक्री नभएर घरमै कुहिने अवस्था भएपछि व्यवसायिक रुपमा अदुवा खेती गर्ने कृषक मर्कामा परेका हुन्।

    जलजला गाउँपालिकाअन्तर्गत लेकफाँट, शालिजा, बाँसखर्क, क्याङ र अन्य वडाहरुमा कृषकहरुले व्यावसायिक रुपमै अदुवा खेती गरिरहेका छन्। कृषकहरुका अनुसार प्रतिकिलो ८० रुपैयाँको दरमा बिउ किनेर अदुवा लगाइएको हो। तर,अहिले २० रुपैयाँमा दिँदा पनि अदुवा बिक्री हुन सकेको छैन।

    उक्त क्षेत्रमा कृषकहरुसँग करबि ५ हजार किलोग्राम अदुवा तयारी अवस्थामा छ। जलजला गाउँपालिकामा उत्पादित अदुवा कुस्माबजार, म्याग्दीको बेनी, पोखरा र भारतसम्म निर्यात हुने गरेको थियो।नेपालमा अदुवाको प्रयोग न्यून हुनु र अदुवा प्रशोधन गरी अन्य परिकार बनाउने उद्योगको अभावमा नेपालका धेरै ठाउँमा उत्पादित अदुवा कृषकको बारीमै कुहिने गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]