राजनीति

चीनमा प्रधानमन्‍‍त्रीले के गर्नेछन्? पढ्नुहोस् भ्रमण-तालिका

फोटो : फाइल
चैत ९, २०७३

    काठमाडाै‌ : प्रधानमन्त्री प्रचण्ड बिहीबार राती १० बजे चीन भ्रमणमा निस्कनेछन्। उनको भ्रमण टोलीमा १५ जना रहनेछन्। प्रधानमन्‍‍त्रीको चीन यात्रा कस्तो रहला? यस विषयमा धेरैलाई चासो छ। 

    को-को जाँदैछन्?

    पत्‍नी सीता दाहाल, परराष्ट्रमन्त्री प्रकाशशरण महत, परराष्ट्र सचिव शंकरदास वैरागी र अन्य उच्च अधिकारीसहित चैत १० गते राती १० बजे चीनको लागि प्रस्थान गर्नेछन्। भ्रमण टोली १५ जनाको रहने परराष्ट्र मन्‍‍त्रालयले जनाएको छ।

    उद्घाटन समारोहमा सरिक हुने कार्यक्रम 

    चीनको हुनान प्रान्तमा रहेको बोआओ शहरमा बोआओ फोरम अफ एशियाको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री चीन जान लागेका हुन्। चैत ११ गते चीनका उपप्रधानमन्त्रीलाई भेटन लागेका प्रचण्डले चैत १२ गते मात्र बोआओ फोरमलाई सम्बोधन गर्ने कार्यक्रम छ।

    १३ गते चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट ्

    चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री प्रचण्डबीच १३ गते भेटवार्ता हुने कार्यक्रम छ। सीसँगको भेटको भेटमा द्विपक्षीय सम्बन्ध बिस्तार र सुदृढ गर्ने विषयमा कुराकानी हुने जानकारी परराष्ट्रमन्त्री महतले दिएका छन्। 

    हेर्नुहोस प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण-तालिका :

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]