काठमाडौं : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटव...
काठमाडौं : सरकारले सिफारिस गरेका १२ देशका राजदूतहरुको नाम संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेको छ। बुधबार बसेको समितिको बैठकले उनीहरुको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो।
कतारका लागि सिफारिसमा परेका रमेशप्रसाद कोइराला,ओमानका लागि सिफारिसमा परेकी शर्मिला पराजुली ढकाल र इजरायलका लागि सिफारिसमा परेका निरन्जन थापा विरुद्ध संसदीय सुनुवाइ समितीमा उजूरी परेको थियो।
कोइराला र पराजुली विरुद्ध राजदूत भएर जाने देशमा नै कामदार पठाउने गरेको आरोपसहित सुरक्षित आप्रवासनसम्बन्धी काम गर्ने एक एनजिओले उजूरी दर्ता गराएको थियो। इजरायलका लागि सिफारिस भएका निरन्जन थापा मल्लिक आयोगको कारबाहीमा परेका व्यक्ति हुन्। थापामाथि राष्ट्रिय पञ्चायत सदस्य रहदाँ हुकुम प्रमाङ्गीबाट श्रीमतीलाई जागिर लगाएको आरोप उजुरीकर्ताको छ।
आरोपमाथि सुनुवाइ सकिएपछि समितीको बैठकले १२ राजदुतको नाम सर्वसम्मत अनुमोदन गर्ने निर्णय गरेको हो।
मन्त्रीपरिषद्को बैठकले सुरुमा १४ देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो। तर स्पेनका लागि सिफारिसमा परेका भरत रायमाझी र युएईका लागि सिफारिस भएकी आशा लामाको नाम विवादपछि सरकारले फिर्ता लिएको थियो।
स्पेन नेपालको कुनै दूतावास छैन् भने युएईका लागि यसअघि सिफारिस भएकी आशा लामामाथि ठगीको आरोप छ।
सिफारिसमा परेका १२ देशका राजदूतको नामावली
भीम उदास – म्यान्मार
डा. चोपलाल भुसाल – बंगलादेश
प्राडा विश्वम्भर प्याकुरेल – श्रीलंका
अर्जुनजङ्गबहादुर सिंह – दक्षिण कोरिया
रमेशप्रसाद कोइराला – कतार
लक्की शेर्पा – अस्ट्रेलिया
युवनाथ लम्साल – डेनमार्क
प्राडा महेन्द्रप्रसाद सिंह राजपुत – साउदी अरेबिया
पदम सुन्दास – बहराइन
प्रतिभा राणा – जापान
निरञ्जन थापा – इजरायल
शर्मिला पराजुली ढकाल - ओमान
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।