विश्व

आठ मुस्लिम देशबाट आउने विमानमा विद्युतीय सामान ल्याउन रोक

चैत ९, २०७३

    बीबीसी : अमेरिकी सरकारले मध्यपूर्वका आठ मुस्लिमबहुल देशबाट आउने हवाइजहाजमा ठूला विद्युतीय उपकरण ल्याउनमा रोक लगाइदिएको छ।
    अमेरिकी गृहमन्त्रालयले भनेको छ कि चरमपन्थी हवाईजहाजलाई निशाना बनाउनका लागि ‘नयाँ तरिका’ अपनाउने प्रयासमा लागेका छन्।

    मन्त्रालयका अनुसार ल्यापटप, ट्यावलेट, क्यामरा, डीभीडी र विद्युतीय खेलहरुमा बम लुकाउन सक्ने संभावना रहन्छ।
    यसको केही घण्टापछि बेलायतले पनि केही उडानलाई लिएर यस प्रकारकै रोक लगाउने घोषणा गरेको छ।
    बीबीसी संवाददाता डेनियल सैंफोर्ड भन्छन्, ‘बेलायतको यो कदम प्रस्ट रुपमा अमेरिकाको साथ समन्वयमा आधारित छ।’
    यसरी लगाइएको रोकबाट नौ एयरलाइन र १० एयरपोर्ट प्रभावित हुनेछन्। यसमा मोबाइल फोनलाई भने छुट दिइएको छ।
    रोक लगाइएका एयरलाइनहरुमा रोयल जोर्डन, इजिप्ट एयर, टर्किस एयरलाइन्स, साउदी अरेवियन एयरलाइन्स, कुवेत एयरलाइन्स, रोयल एयर मारोक, कतार एयरवेज, इमिरेट्स र एतिहाद एयरवेज छन्। 
    अमेरिकी अधिकारीहरुले भनेका छन् कि यी सबै एयरलाइनलाई यस घोषणालाई लागू गर्नका लागि ९६ घण्टाको समय दिइएको छ।
    टर्कीे सरकारले अमेरिकाको यस निर्णयलाई गलत बताउँदै भनेको छ कि यो रोक तुरुन्त हटाइनुपर्छ।
    गृहमन्त्री जोन केरीले यसै साताको अन्त्यमा यसबारे निर्णयका लागि संसदको एक बैठक बोलाएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]