काठमाडौं : अमेरिकी सहर बाल्टिमोरस्थित पटापस्को नदीको पुलमा मालबाहक पानी जहाज ठोक्किएर पुल नै भाचिँदा ६ जनाको मृत्यु भएको छ। हिजो ...
बीबीसी : यस्तो लाग्छ, तमिलनाडूकी पूर्व मुख्यमन्त्री जयललिताका विरुद्ध आएको अधिक सम्पत्तिको मुद्धामा अन्तिम निर्णय तत्काल आउनेछैन।
सर्वोच्च अदालतमा एउटा पुनर्विचार निवेदन दर्ता गरिएको छ, जसमा जयललिताको सम्पत्तिबाट एक सय करोड रुपैयाँ जरिवाना असुल्ने माग गरिएको छ।
आचार्यले भने, ‘एक पटक ट्रायल कोर्टको फैसला कार्यान्वयन भएमा जरिवानाको रकम सम्पत्तिबाट जुटाउन सकिन्छ। आय भन्दा बढी सम्पत्तिको यस मुद्धामा प्रक्रिया निर्धारण गरिएको छ र त्यसको पालना हुनुपर्छ।’
सर्वोच्च अदालतले आय भन्दा बढी सम्पत्तिको मुद्धामा ट्रायल कोर्टको फेब्रुअरी २०१४ मा दिएको आदेशलाई सही मान्यो, जसमा जयललिता, शशिकला, इलावरासी र वीएन सुदर्शनलाई दोषी ठहर्याइएको थियो।
ट्रायल कोर्टले सेप्टेम्बर २०१४ मा जेल सजायको साथै एक सय करोड रुपैयाँ जरिवाना जयललिता र अन्य बाँकी व्यक्तिमाथि १०/१० करोड रुपैयाँ जरिवाना लगाएके थियो।
तमिलनाडूको उच्चअदालतले जब यस फैसलालाई उल्ट्याएर उनीहरुलाई दोषमुक्त गरिदियो, तब कर्नाटक सरकारले यसलाई सर्वोच्च अदालतमा लगेको थियो।
कर्नाटक सरकार यस मुद्धामा यसकारण पर्यो किनकि मुद्धाको उजुरी गर्नेले तमिलनाडूमा न्याय नमिल्ने आशंका जनाएका थिए, त्यसपछि सर्वोच्च अदालतले यो मुद्धा कर्नाटक सरकारलाई सुम्पिएको थियो।
दलीलहरु सुनिसकेपछि सर्वोच्च अदालतले सन् २०१६ मा उच्चअदालतको आदेशलाई उल्टाइदिएको थियो र ट्रायल कोर्टकै फैसला सदर गरेको थियो।
आचार्य भन्छन, ‘एक पटक यदि फैसला सुरक्षित गरियो र फेरि त्यसलाई सुनाइयो भने यसको अर्थ यो हो कि आदेश त्यही दिनको हो, जुन दिन यो सुरक्षित गरियो।’
जे. जयललिताको चेन्नईमा ५ डिसेम्बरमा एउटा निजी अस्पतालमा निधन भइसकेको छ। उनको स्वास्थ्य खराब भएपछि उनलाई २२ सेप्टेम्बरमा त्यहाँ भर्ना गरिएको थियो।
आचार्य भन्छन्, ‘विशुद्ध कानुनी दृष्टिले हेर्दा जरिवाना असुली र सम्पति जफत गर्नु आय भन्दा बढी सम्पतिको मुद्धामा ठूलै काम हो, किनकि सम्पति गैरकानुनी तरिकाबाट आर्जन गरिएको हो। सरकारलाई अधिकार छ कि उसले एक सय करोड रुपैयाँ जरिवाना असुल गर्न सक्छ।’
यसका साथै उनले यो पनि भने, ‘र गैरकानुनी तरिकाले आर्जन गरिएक सबै सम्पति सरकारको हुनेछ।’
सर्वोच्च अदालतको फैसला आउनेबित्तिकै शशिकलाले जयललिताको ठाउँमा मुख्यमन्त्री बन्ने योजना छाड्नुपर्यो।
जेल जानका लागि अझै केही समयको उनको अनुरोधलाई जब सर्वोच्च अदालतले खारेज गरिदियो, शशिकला बेंगलुरुको ट्रायल कोर्टमा अघिल्लो दिन नै आत्मसमर्पण गरिन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।