राजनीति

हेडक्वार्टर, पोलिट्ब्युरो र सचिवालयलाई पूर्णता दिने जिम्मा प्रचण्डलाई

माओवादी हेडक्वार्टर बैठक

फोटोः cmprachanda.com
साउन ३, २०७३

    काठमाडौं : नेकपा माओवादी केन्द्रले हेडक्वार्टर, सचिवालय र पोलिट्ब्युरोलाई पूर्णता दिने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। सोमबार बसेको माओवादी हेडक्वार्टरको बैठकले तीनवटै तहमा रिक्त पदमा नेताको नाम छान्ने जिम्मा प्रचण्डलाई दिएको प्रवक्ता पम्फा भुषालले जानकारी दिइन्।

    'संगठनात्मक विषयमा छलफल केन्द्रित रह्‍यो', प्रवक्ता भुषालले भनिन्, 'रिक्त पदमा थप गर्ने नेताहरुबारे छलफल गरी अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्षलाई दिइयो।' 

    माओवादीको महाधिवेशन आयोजक समितिमा १४९९ सदस्य छन्। ३३ सदस्यीय हेडक्वार्टरमा १० पद रिक्त छन्। यस्तै ९९ सदस्यीय पोलिट्ब्युरोमा १८ र २२२ सदस्यीय पोलिट्ब्युरोमा ७७ जना पदपूर्ति हुन बाँकी छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]