राजनीति

फोरम लोकतान्त्रिक चुनावमा जाने अध्यक्ष गच्छदारको भनाइ

कांग्रेससँग पार्टी एकीकरण हुनसक्ने

चैत ९, २०७३

    विराटनगर : मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मधेसी मोर्चाले स्थानीय तहको निर्वाचनमा भाग नलिए पनि आफ्नो पार्टी भने सहभागी हुने बताएका छन्। 

    मधेसी जनअधिकार फोरम लोकतान्त्रिक मोरङले बुधबार विराटनगरमा आयोजना गरेको कार्यकर्ता भेलामा उनले यस्तो बताएका हुन्। आफ्नो पार्टीले स्थानीय तहको निर्वाचनको सदुपयोग गर्ने बताउँदै उनले अब कुनै भ्रम र अफवाहको पछाडि नदौडी निर्वाचनको तयारीमा जोडतोडका साथ लाग्न कार्यकर्ताहरुलाई आग्रह गरे।

    अध्यक्ष गच्छदारले संविधान संशोधनका लागि अझै पनि समय रहेको भन्दै निर्वाचनलाई सार्थक बनाउन असन्तुष्ट पक्षलाई पनि सहभागी बनाउनुपर्नेमा जोड दिए। अहिलेको परिस्थितिमा आफू सरकारमा सहभागी नहुने समेत उनले प्रष्ट पारे।

    उनले पछिल्लो समय आफू कांग्रेसमा प्रवेश गर्ने कुरा हल्ला मात्रै भएको बताउँदै कांग्रेसमा आफू प्रवेश गर्ने नभई आवश्यकता परेमा पार्टी एकीकरणको सम्भावना भने रहेको बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]