काठमाडौं : मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्...
- मणिलाल विश्वकर्मा-
लहान : नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान संशोधन गरी प्रदेश र स्थानीय तहको सीमाङ्कनपछि मात्र निर्वाचन हुन सक्ने बताएका छन्।
‘हिमाल, पहाड, तराई– मधेश राष्ट्रिय अभियान, २०७३’ अन्तर्गत बुधबार सिरहाको लहानमा आयोजित जनसभालाई सम्बोधन गर्दै संयोजक भट्टराईले संविधानमा मधेसी, थारू, जनजाति र खस आर्यहरूको अधिकारको सुनिश्चितता गरी प्रदेश र स्थानीय तहको वैज्ञानिक पुनर्संरचनासहित प्रदेश र स्थानीय तहको सीमाङ्कनपछि मात्र निर्वाचन हुनसक्ने उल्लेख गरे।
‘राज्य पुनर्संरचनाका लागि पहिचानका पाँच र सामथ्र्यका चार आधारमा टेकेर तत्कालीन राज्य व्यवस्था समिति र राज्य पुनर्संरचना आयोगले निर्धारण गरेको १० प्रदेशलाई घटाएर सात प्रदेश बनाउँदा पनि कम्तिमा एक प्रतिशतभन्दा कम जनसंख्या रहेका क्लष्टरलाई मिलाउन सकेको भए अहिलेको समस्या टथ्र्यो’ संयोजक भट्टराईले भने, ‘त्यसका विरुद्ध एउटा पक्ष संविधान संशोधन नै गर्न नदिने र अर्को पक्ष मुलुक नै विखण्डन गर्ने दुवै प्रवृत्ति मुलुकको हितविपरीत छन्।’
संविधानसभामार्फत् बनेको संविधानमा आफ्नो पनि आधा स्वामित्व रहेको चर्चा गर्दै उनले त्यसमा रहेका कमीकमजोरीलाई सच्याएर केन्द्र, प्रदेश, स्थानीय तहको निर्वाचन सँगसँगै गरिनुपर्ने र त्यसो गर्न नसकिए पहिले केन्द्र अनि प्रदेश र स्थानीय तहको निर्वाचन गरिए मात्र संघीयता सही ढंगले लागू हुने उनले बताए।
संविधान संशोधनमार्फत् संघीयता र सीमाङ्कनको विषय टुंग्याएर मात्र निर्वाचन गरिनुपर्ने माग गर्दै उनले प्रदेश र स्थानीय तहको वैज्ञानिक सीमाङ्कन, सर्वपक्षीय सर्वदलीय राष्ट्रिय सरकारको गठन, चुनावी खर्च राज्यले व्यहोर्न व्यवस्था, केन्द्र, प्रदेश, स्थानीय तहको सँगसँगै निर्वाचन र राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीका लागि आफ्नो पार्टी लडिरहेको दावी पनि गरे।
नेपालका संस्थापक, निर्माणकर्ता र संरक्षकसमेत रहेका मधेसीहरूलाई आयातीत नेपाली देख्ने प्रवृत्तिले प्रकारान्तरले विखण्डनलाई नै मलजल गरिरहेको चर्चा गर्दै संयोजक भट्टराईले भने ‘नेपालका संस्थापकसमेत रहेका मधेसीहरूले मधेस मात्र होइन, सिङ्गो नेपालमा आफूहरूको स्वामित्व र अधिकार दावी गर्नुपर्छ।’ मधेसीलाई नेपाली नै नदेख्ने एमाले अध्यक्ष केपी ओली र मधेस विखण्डनको वकालत गर्ने सीके राउत एउटा सिक्काका दुई पाटा रहेको उल्लेख गर्दै उनले त्यसको समाधान भनेको संघीयताको प्रबन्धन नै भएको बताए।
सुनसरीको इटहरीबाट सुरु गर्ने भनिएको अभियान लहानबाट आज सुरु गरेर चैत १२ गते कैलालीको धनगढीमा पुगेर समापन हुने आयोजकले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।