समाज

जनकपुरमा हतियारसहित २ पक्राउ

चैत ९, २०७३

    जनकपुर : धनुषा लगायतका तराइका विभिन्‍न जिल्लाहरुमा सशस्त्र भुमिगत संगठन मधेश राष्ट्र जनतान्त्रिक पार्टीका नाममा आतंक मचाउदै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गोली प्रहार, बम विष्फोट, धाकधम्की, चन्दा असुली, तथा हातहतियार तथा खरखजना मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीले धनुषाको धनुषाधाम नगरपालिका धारापानीबाट पक्राउ गरेको हो।
     पक्राउ पर्नेमा जिल्ला धनुषा ठाडीझिझा वडा नं. ५ का मधेश राष्ट्र जनतान्त्रिक पार्टीका जिल्ला ईन्चार्ज २५ वर्षिया प्रमोद ठाकुर बडही र धनुषाकै झटियाही गाविसका वडा नं. ७ का मधेश राष्ट्र जनतान्त्रिक पार्टीका कार्यकर्ता ३८ वर्षिया रामउदगार यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

    पक्राउ परेका ठाकुर सिरहाको मिर्चैयामा माओवादी नेता लालु खानमाथि गोली प्रहारको घटनामा समेत संलग्‍न देखिएको प्रहरीको अनुसन्धानबाट खुलेको  छ। पक्राउ परेका ठाकुरले आफन्तको घरमा लुकाई राखेको अवस्थामा एस.एम जी १ थान, म्याग्जीन १ थान, गोली १२ राउण्ड, १२ बोरको कटुवा पेस्तोल ३ थान, कटुवा पेस्तोल २ थान, ईटालियन पेस्तोल १ थान बरामद भएको जनाएको छ।

    यसैगरी २०७० पुस १० गते रघुनाथपुर वडा न ४ स्थित पचहरवा अन्तर्गतको मध्यमाञ्चल सिंचाई विकास डिभिजन कार्यालयको घरमा हातहतियार सहित कार्यालयका कर्मचारीलाई कुटपिट गरी कार्यालय भवनमा आगो लगाई २ लाख ८ हजार ५ सय बराबरको धनमाल जलाई क्षति पुर्‍याएको मुद्दामा समेत फरार रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मनोज यादवले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]