अर्थ

चौथो कपिलवस्तु महोत्सवको तयारी पुरा

चैत ९, २०७३
    • भुपाल थापा

कपिलवस्तु : चौथो प्राचीन कपिलवस्तु महोत्सव मेला–२०७३ को तयारी पुरा भएको छ। चैत ११ गतेदेखि देखि २३ गतेसम्म जिल्ला सदरमुकाम तौलिहवाको बुद्ध पद्म उच्च माविको खेल मैदानमा आयोजना हुने महोत्सवको तयारी पुरा भएको जानकारी आयोजक तौलिहवा उद्योग वाणिज्य संघले पत्रकार सम्मेलनमार्फत दियो। 

महोत्सव मूल आयोजक समितिका संयोजक गयादिन कुर्मी (दिपु) ले चौथो संस्करणको महोत्सवको तयारी पुरा भएको बताए। ‘महोत्सव यसपटक दिउँसो संचालन गरिनेछ। जिल्लाका दक्षिणी क्षेत्रमा लाग्ने मेला महोत्सव प्रायः रातको समयमा लाग्ने परम्परालाई तोड्दै यस पटकको महोत्सवलाई दिउँसो संचालन गर्ने तयारी गरेका हौं,' उनले भने। 

महोत्सवमा २ करोड बढीको कारोबार हुने लक्ष्य राखिएको उनले बताए। २ लाख बढी दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान छ। महोत्सवको मुख्य आकर्षणको रुपमा कपिलवस्तु लगायत आसपासका पर्यटकिय तथा ऐतिहासिक क्षेत्रहरुको प्रदर्शनी, गौतम बुद्ध सम्बन्धि वृत्तचित्र प्रर्दशनी, बाल उद्यानका साधन, आधुनिक झुलाहरु, उटंको नाच प्रद्र्धशनी, स्थानिय कला तथा संस्कृतिको संरक्षण, प्रबद्र्धनको लागि विभिन्‍न कार्यक्रमहरु, सांस्कृतिक झांकी, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक समितिले जानकारी गराएको छ।

महोत्सवमा झण्डै १ सय ५० स्टल रहने प्रचारप्रसार उपसमितिका संयोजक वसन्त बन्जाडेले बताए। संघको मुख्य आयोजनामा हुने महोत्सवको सह–आयोजकमा जिल्ला समन्वय समिती, कपिलवस्तु नगरपालिका, लुम्बिनी विकास कोष, घरेलु तथा साना उद्योग कार्यालय, गैरसरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ लगायत रहेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]