समाज

नेपाली सेनाको प्रवक्तामा कडायत

चैत ९, २०७३

    काठमाडौं : नेपाली सेनाले सहायक रथी झङ्करबहादुर कडायतललाई प्रवक्ताको जिम्मेवारी तोकेको छ।

    प्रवक्ता ताराबहादुर कार्की केही दिनमै सेवानिवृत्त हुन लागेकाले नेपाली सेनाले विशेष फौज (१० नं बाहिनी) का बाहिनीपति कडायतलाई प्रवक्ताको जिम्मेवारी दिएको हो। 

    नेपाली सेनामा ३५ वर्ष सेवा पुर्‍याएका कार्कीले डेढ वर्ष प्रवक्ताको जिम्मेवारी सम्हाले। बाहिनीपति कडायतले भारतमा सैनिक सहचरीको जिम्मेवारी निभाएका थिए भने पाकिस्तानबाट एनडिसी कोर्स गरेका छन्। 

    सैनिक मुख्यालयमा बुधबार आयोजित समारोहमा सेवानिवृत्त हुन लागेका मानार्थ उपरथी कार्कीले निष्पक्ष र वस्तुनिष्ठ समाचार सम्प्रेषण गरी नेपाली सेनाको सङ्गठनलाई सहयोग पुर्‍याएको भनी सञ्चार क्षेत्रको प्रशंसा गरे।  

    प्रवक्ताको जिम्मेवारी सम्हाल्न लागेका कडायतले विगत झैँ नेपाली सेनाको सङ्गठनको श्रीवृद्धिमा सञ्चार क्षेत्रबाट उल्लेखनीय सहयोग हुने विश्वास व्यक्त गरे।  

    समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्री सहभागी थिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]