काठमाडौं : नेपालमा उत्पादन हुने पाँच वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको छ। व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार चालु आर्...
काठमाडौं : निर्वाचन आयोगले मतपत्र छपाइ कार्य स्थगित गर्दै स्थानीय तह निर्वाचन प्रयोजनका लागि दर्ता हुन छुटेका दललाई पनि समावेश गरी पुन: मुद्रण गर्ने निर्णय गरेको छ।
आयोगको बुधबारको बैठकले स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयमा दर्ता हुन छुटेका दललाई समेत मतपत्रमा राख्न सुरु भइसकेको छपाइ रोकेर पुन: मुद्रण गर्ने निर्णय गरेको हो।
नेपाली काँग्रेस, राप्रपा,जनमोर्चा र संघीय समाजवादीले स्थानीय तह निर्वाचनका लागि विभिन्न जिल्लामा दल दर्ता गराएका थिएनन्। उनीहरुकै दबाबमा आयोगले सुरु भइसकेको मतपत्र छपाइ रोकेर दर्ता गर्न छुटेका दलको नाम र चुनाव चिह्न मतपत्रमा समावेश गर्न लागेको हो।
'आयोगको यसअघिको निर्णयअनुसार स्थानीय तह निर्वाचनका लागि जिल्लाहरुमा दर्ता भएका दलको विवरणबमोजिम मनाङ, मुस्ताङ र रोल्पा लगायत जिल्लाको मतपत्र छपाइ भइसकेको थियो,' आयोग स्रोतले भन्यो, 'तर छुटेका दलले आफ्नो नाम र चुनाव चिह्न पनि मतपत्रमा समावेश गर्न दबाब दिएपछि मतपत्र छपाइ स्थगित गरी पुन: मुद्रण गर्नुपर्ने भएको हो।
मतपत्र छपाइका लागि आयोगले जनक शिक्षा सामग्री केन्द्रलाई विभिन्न १२ जिल्लाको मतपत्र नमुना दिएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।