छापा

नक्कली लाइसेन्स बनाउँदै बेच्दै

चैत १०, २०७३

    काठमाडौं : नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) बनाएर बिक्री गर्दै आएका दुई जनालाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ। गिरोहका सदस्यहरू ३८ वर्षीय अनिलबहादुर पाख्रिन र ३१ वर्षीय गणेशबहादुर गोले पक्राउ परेका छन्। उनीहरूले सक्कलीजस्तै देखिने दर्जनौं नक्कली लाइसेन्स बनाएर बिक्री गर्दै आएको प्रहरीले जनाएको छ।

    सिन्धुली भद्रकाली स्थायी घर भएका गोले ललितपुरको भनिमन्डल र पाख्रिन सिद्धिपार्कमा बस्दै आएका थिए। उनीहरूले ६ महिनादेखि नक्कली लाइसेन्स बनाएर बिक्री गर्दै आएको परिसरका एसपी अशोक सिंहले जानकारी दिए। प्रहरीले उनीहरूको साथबाट एक सय ९० वटा होलोग्राम, एक सय १५ वटा नक्कली लाइसेन्स, ६ वटा फोटोसहित तयारी अवस्थाका लाइसेन्स, कम्प्युटर, प्रिन्टर र छाप बरामद गरेको छ।

    पाख्रिनको कोठाबाट लाइसेन्स छाप्ने प्रिन्टरसमेत बरामद गरिएको एसपी सिंहले बताए। पाख्रिनले नक्कली लाइसेन्स बनाउने र गोलेले ग्राहक खोज्ने काम गर्दै आएका थिए। उनीहरूले यातायात व्यवस्था कार्यालय एकान्तकुनाका अधिकृतहरूको हस्ताक्षरसमेत नक्कली बनाएर सक्कली लाइसेन्स भएको भ्रममा पारेर नक्कली लाइसेन्स बेच्दै आएका थिए।

    सुराकीका आधारमा पहिला गोलेलाई पक्राउ गरेको र गोलेकै सूचनाका आधारमा पाख्रिनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। गिरोहका अन्य सदस्यबारे अनुसन्धान भइरहेको एसपी सिंहले बताए।

    होलोग्राम सक्कली भएको आशंका
    प्रहरीले लाइसेन्समा प्रयोग हुने होलोग्राम भने सक्कली भएको आशंका गरेको छ। एसपी सिंहले भने, ‘होलोग्राम हेर्दा सक्कलीजस्तो छ, परीक्षण गर्न यातायात व्यवस्था विभाग पठाउँछौं।’ उनीहरूले यातायात व्यवस्था कार्यालय बागमतीको छाप तथा अधिकृतको दस्तखतसमेत नक्कली बनाई लाइसेन्स बिक्री गरिरहेको प्रहरीले जनाएको छ।

    अनुसन्धानका क्रममा पक्राउ परेकाले दुई हजार रुपैयाँसम्ममा लाइसेन्स बिक्री गरेको बताएका छन्। उनीहरूबाट नक्कली लाइसेन्स किन्नेमाथि पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ। पक्राउ परेकामाथि सरकारी छाप, दस्तखत किर्ते मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ। यातायात व्यवस्था कार्यालय बागमती र कोसीको नाममा उनीहरूले लाइसेन्स बनाउँदै आएका थिए।

नयाँ पत्रिका

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]