काठमाडौं : मुलुकमा खाद्यान्न आयात १६ प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन-फागुन) मा खाद्य...
काठमाडौं : अबको प्रतिनिधिसभामा प्रत्यक्षमा कम्तीमा १ सिट र समानुपातिकतर्फ तीन प्रतिशत मत प्राप्त गरेका दलका सांसद राष्ट्रिय मान्यताप्राप्त दलका हैसियतमा हुनेछन्। प्रत्यक्षतर्फ मात्र जितेका वा समानुपातिकतर्फ तीन प्रतिशत मत कटाएका दलबाट पनि संसदमा प्रतिनिधित्व हुनेछ। यसरी बनेका सांसद भने स्वतन्त्रजस्तै हुनेछन्। तर, यो व्यवस्थाका लागि प्रतिनिधिसभा सदस्यसम्बन्धी ऐन पर्खनुपर्ने पूर्वसभामुख सुवास नेम्वाङले जनाकारी दिए।
नेम्वाङले भने, ‘राष्ट्रिय मान्यताप्राप्त दलको हैसियत नबनाएका, तर प्रतिनिधिसभा ऐनले व्यवस्था गरेको प्रावधानअनुसार सांसद बनेकाहरू भने दलको हैसियतमा भन्दा स्वतन्त्र हैसियतमा संसदमा रहन्छन्।’
यसअघि ५% थियो थ्रेसहोल्ड
०४८ मा राष्ट्रिय मान्यताप्राप्त दलका लागि कम्तीमा ५ प्रतिशत मत प्रात गर्नुपर्ने व्यवस्था थियो। त्यतिबेला संसदमा रहेका दलहरू कांग्रेस, एमाले, राप्रपा र संयुक्त जनमोर्चा नेपालले मात्र राष्ट्रिय दलको मान्यता पाएका थिए। नेमकिपाले संसद्मा प्रतिनिधित्व जनाए पनि कुल सदर मतको ५ प्रतिशत मत प्राप्त नगरेकाले राष्ट्रिय दलको मान्यता पाएको थिएन।
०५६ मा नेकपा मालेले कुल सदर मतको ६ प्रतिशत मत प्राप्त गरेको थियो। तर, मालेका कुनै पनि उम्मेदवार प्रत्यक्षतर्फ निर्वाचित भएका थिएनन्। ६ प्रतिशत मत प्राप्त गरे पनि प्रत्यक्षतर्फ एक सिट पनि नल्याएकाले मालेले राष्ट्रिय दलको मान्यता पाएन।
गठबन्धन बनाए पाँच वर्षसम्म छुट्टिन नपाइने
संसद्ले बुधबार पारित गरेको राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३ मा दलहरूले गठबन्धन बनाएर एकल चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिन सक्ने व्यवस्था गरिएको छ।
यसरी निर्वाचनमा जाँदा समानुपातिक र प्रत्यक्षतर्फबाट निर्वाचित हुने प्रतिनिधि गठबन्धनको साझा हुनेछन्। गठबन्धन बनाएका दलहरू पाँच वर्षसम्म छुट्टिन नपाउने र चुनाव चिह्न पनि उही हुने बाध्यकारी व्यवस्था विधेयकमा रहेको एमाले सांसद रामेश्वर फुँयालले जानकारी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।