विश्व

लण्डनमा भएको हमलामा मृत्यु हुनेको संख्या ५ पुग्यो

Photo : Time.com
चैत १०, २०७३

    बेलायतको राजधानी लण्डनमा आतंककारी आक्रमणमा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ, अन्य ४० जना घाइते भएका छन्। वेष्ट मिनिस्टरमा रहेको संसद भवन नजिक गराइएको आक्रमणमा परी प्रहरी अधिकारीसहित पाँच जना मारिएको बीबीसीले जनाएको छ।

    मारिनेमा एक महिलासहित ३ जना सर्वसाधारण र प्रहरीको गोली लागेर एक आक्रमणकारी मारिएका छन्। कारमा आएका आक्रमणकारीले वेष्ट मिनिस्टर पुलमा पैदलयात्रीलाई ठक्कर दिएको र त्यसपछि संसद भवन नजिक गएर त्यहाँ रहेका प्रहरी अधिकारीलाई चक्कूले आक्रमण गरेका थिए।

    घाइते हुनेमा ३ जना प्रहरी अधिकारी रहेको र ती मध्ये २ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। आक्रमणकारीको परिचय खुलाइएको छैन। प्रधानमन्त्री थेरेसा मेले आक्रमणको निन्दा गर्दै राजधानीको मूख्य भागमा गरिएको आक्रमण बेलायती मान्यतालाई टुक्रयाउने उद्देश्यले भएको र त्यसलाई कहिल्यै सफल हुन नदिने बताएका छन्।

    घटनापछि लण्डनसहितका सहरमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ भने आतंककारीविरुद्ध कारबाही अभियान चलिरहेको छ। घटनापछि अमेरिका, अष्ट्रेलिया, फ्रान्सलगायतका मुलुकले यो चुनौतीपूर्ण अवस्थामा बेलायतलाई साथ दिने बताएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]