बाँके : बाँकेको कोहलपुर नगरपालिका–१४ पर्वतीपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। कोहलपुर ...
काठमाडौ : विश्व मौसम दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसको अवसरमा नेपाल लगायत संसारका विभिन्न देशमा जलवायु परिवर्तनका विषयमा छलफल गरिँदैछ। सन् १९५० देखि मार्च २३ मा यो दिवस मनाउन थालिएको हो। वातावरण संरक्षण गर्दै स्वच्छ वातावरण निर्माणका लागि सचेतनामुलक कार्यक्रम गरी दिवस मनाउने गरिन्छ।
दिवसको अवसरमा काठमाडौंमा आज विश्व जल तथा मौसम सप्ताहको समापन गरिँदैछ। एक हप्तादेखि चलिरहेको कार्यक्रम दिउँसो एक बजे काठमाडौंको कान्तिपथमा समापन कार्यक्रम आयोजना गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
उर्जा मन्त्रालय, वातावरण मन्त्रालय, खानेपानी तथा सरसफाइ र सिंचाइ मन्त्रालयले सप्ताहव्यापी कार्यक्रम गरेका हुन्। समापनमा मौसम विज्ञ तथा यस क्षेत्रका जानकारको सहभागिता रहने मौसमविद् समीर श्रेष्ठले जानकारी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।