राजनीति

मलेठ गोलीकाण्डको छानबिन गर्न संसदीय टोली सप्तरीमा

चैत १०, २०७३

    लहान : सप्तरीको मलेठ गोलीकाण्डको छानबिन गर्न पाँच सदस्यीय संसदीय छानबिन टोली मलेठ गाउँ पुगेको छ। सांसद् मोख्तार अहमद संयोजक रहेको संसदीय छानबिन टोली अहिले बिहान साढे ११ बजे सदरमुकाम राजविराजबाट तीन किलोमिटर उत्तर पर्ने मलेठ गाउँ जाने योजना रहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए।

    प्रजिअ कटुवालका अनुसार संसदीय छानबिन टोलीले मलेठ गाउँमा घटनास्थलको स्थलगत अवलोकन, प्रत्यक्षदर्शी एवम् पीडित परिवारसँग भेटघाट, घटनाको तथ्य संकलनसहित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका प्रतिनिधिसँग समेत भेटघाट गर्नेछ।

    त्यसपछि छानबिन टोलीले अपरान्ह तीन बजेतिर सदरमुकामस्थित प्रजिअ निवासमा राजनीतिक दल, नागरिक समाज, सुरक्षाकर्मीसँग छलफल र पत्रकार भेटघाट गर्नेछ। संसदीय छानबिन टोलीमा सांसद्हरु बसुन्धरा रोकाया, दुलारी हरिजन, श्यामसुन्दर टिवडेवाला र उषा यादव रहनु भएको प्रजिअ कटुवालले बताए।  

    नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत गत फागुन २३ गते गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा गरिएको जनसभा सुरक्षार्थ खटिएका प्रहरीको गोली लागेर मलेठ गाउँका २ का २४ वर्षका सञ्जन मेहता, प्रसवनी गाविस ४ टेङ्ग्रीका वर्ष ४२ का सिनियर अहेव आनन्दकुमार साह, २ का वर्ष ४० का वीरेन्द्र महतो, मलेठ ४ जलहरीका वर्ष ४५ का पिताम्बर मण्डल, जमनी मध्यपुरा १ कटवीका करिब ५७ वर्षका इनर यादव मृत्यु भएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]