राजनीति

संविधान प्रतिकुल गतिविधि नियन्त्रण गर्न सरकारलाई माओवादीको आग्रह

फाइल फोटो
चैत १०, २०७३

    काठमाडौं : सत्तारुढ दल नेकपा माओवादी केन्द्रले संविधान प्रतिकुल गतिविधि नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराएको छ। बिहीबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले संविधान कार्यान्वयन र कानुनको पलनामा ध्यान दिन नसकेको भन्दै सरकारलाई सचेत गराएको हो।

    संविधान प्रतिकुल हुनेगरी विभिन्न गतिविधि भइरहेकाले त्यसलाई कडाइका साथ पालना गराउन सरकारसँग माग गर्ने निर्णय भएको सांसद रामनारायण बिडारीले जनाकारी दिए। बैठकमा स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर समसामयिक राजनीतिक परिस्थितिको समीक्षा भएको थियो।

    साथै बैठकले भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागि मृत्यु भएका गोविन्द गौतमको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। घटनाप्रति खेद प्रकट गर्दै बैठकले भारतले माफी माग्नु पर्ने तथा गौतमको सम्झनामा स्मारक बनाउन पनि उसले सहयोग गर्नु पर्ने निर्णय गरेको छ।

    फागुन २६ गते कञ्चनपुरको पुनर्वास गाविसमा एसएसबीको गोली लागेर मृत्यु भएका गौतमलाई सरकारले सहिद घोषणा गरिसकेको छ। उनको परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय पनि सोही अवसरमा भएको थियो।

    चीन भ्रमणमा विगतका सम्झौता कार्यान्वयनमा जोड दिन सुझाव

    बैठकमा सांसदहरुले आसन्न चीन भ्रमणमा विगतका सन्धि सम्झौता कार्यान्वयनलाई जोड दिन प्रधानमन्त्रीलाई सुझाव दिएका छन्। विगतका सहमति कार्यान्वयनमा लैजने आधार तयार गर्न उनीहरुको सुझाव छ।

    प्रधानमन्त्री प्रचण्ड बिहीबार राति ११ बजे साताव्यापी भ्रमणका लागि चीन भ्रमणमा जाँदैछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]