राजनीति

चिनियाँ रक्षामन्त्री काठमाडौंमा, आजै प्रधानमन्त्रीलाई भेट्ने

चैत १०, २०७३

    काठमाडौं : उत्तरी छिमेकी मुलुक चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान तीन दिने औपचारिक भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुगेका छन्। उनलाई रक्षामन्त्री बालकृष्ण खाँडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ठ कक्षमा स्वागत गरे।

    नेपालस्थित समकक्षी खाँडको निमन्त्रणमा रक्षामन्त्री चाङ नेतृत्वको १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

    रक्षामन्त्री चाङले दिउँसो ३ बजे बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। यस्तै रक्षामन्त्री खाँड र समकक्षी चाङबीच सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भेट तय भएको प्रवक्ता उत्तमप्रसाद नागिलाले जानकारी दिए।

    उनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि र प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भ्रमणका रक्षामन्त्री चाङले नेपाली सेनाको उपत्यका पृतना निरीक्षण तथा अवलोकन भ्रमण पनि गर्नेछन्। यस्तै वसन्तपुर क्षेत्रका क्षतिग्रस्त सम्पदाको अवलोकन भ्रमणसमेत गर्ने कार्यक्रम छ।

    चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका क्रममा आपसी हित, द्विपक्षीय चासो र सहयोगका बारेमा छलफल हुने प्रवक्ता नागिलाले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]