समाज : मिडिया

अब दर्ता नभई अनलाइन सञ्चालन गर्न नपाइने, यस्तो छ निर्देशिका

चैत १०, २०७३

    काठमाडौं : सरकारले अनलाइन मिडियाको दर्ता, नवीकरण र सञ्चालनलाई व्यवस्थित बनाउन निर्देशिका जारी गरेको छ। चैत ७ गते राजपत्रमा प्रकाशित 'अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका, २०७३' ले दर्ता नभई अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न नपाइने व्यवस्था गरेको छ।

    अनलाइन सञ्चालन गर्न चाहने व्यक्तिले सूचना विभागमा तोकिएको ढाँचामा निवेदन दिनुपर्ने, सञ्चालनमा रहेका अनलाइनले पनि निर्देशिका लागू भएको मितिले ६० दिनभित्र दरखास्त दिनुपर्ने र अनलाइन सञ्चालन गर्न चाहने अन्य प्रकारका मिडियाले पनि दरखास्त दिनुपर्ने व्यवस्था निर्देशिकामा छ। विभागले सम्बन्धित अनलाइनलाई दर्ता प्रमाणपत्र दिनेछ।

    निर्देशिकामा अनलाइन दर्ता, नवीकरण तथा जनशक्ति, आचरण र अनुगमनसम्बन्धी व्यवस्था समेटिएको छ।

    नेपाल पत्रकार महासंघ, अनलाइन पत्रकार संघलगायतका संस्थाले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने गरी संविधानविपरीत निर्देशिका ल्याउन लागिएको भन्दै विरोध गर्दै आएका थिए। सुशासन (व्यवस्थापन र सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी सरकारले निर्देशिका जारी गरेको हो।

    सरोकारवालाहरूले यो ऐनमार्फत नभई अन्य मिडियासम्बन्धी ऐनबाट निर्देशिका ल्याउन माग गरेका थिए।

    पढ्नुस् निर्देशिका

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]