त्रिशूली : नुवाकोटको प्रशिद्ध जात्रा भैरवी वर्ष बन्धन (सिन्दूरे जात्रा) को विशेष रौनक जारी छ। जीवित भगवानको रुपमा धामी एवं भैरवीदेवी मन्दि...
- चिरञ्जिबी घिमिरे
दमक : झापाको खजुरगाछीस्थित गौरीगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रमा करिब ४ वर्षअघि नै खरिद गरिएको एक्स-रे मेसिन अझै सञ्चालनमा आउन सकेको छैन। भारतीय सीमाक्षेत्रमा पर्ने गौरीगञ्ज गाउँपालिका- ६ मा रहेको उक्त स्वास्थ्य केन्द्रमा करिब ४ वर्षअघि खरिद गरिएको एक्स-रे मेसिन त्यसलाई चलाउने प्राविधिकको अभावमा थन्किएको हो।
जसका कारण बिरामीहरु महङ्गो शुल्क खर्चिएर अन्यत्रैबाट सेवा लिन बाध्य छन्। अस्पतालमा रहेको मेसिन थन्किएको बारे जिल्ला जनस्वस्थ्य कार्यालय झापा बेखबर छ। यतिसम्म कि यो मेसिन कहाँबाट आयो भन्ने जानकारीसमेत छैन।
मेसिन सञ्चालन समितिमा रहेका स्थानीय हेमसागर अधिकारीका अनुसार त्यतिबेला खजुरगाछी र गौरीगञ्ज गाविसले मिलेर ४ लाख रुपैयाँमा मेसिन खरिद गरेका हुन्। तर अझै सञ्चालनमा आउन नसकेको उनको गुनासो छ। 'अहिले मेसिनमा खिया लागिसक्यो, कसैले चासो देखाएको छैन। अलिक काम गर्ने खालको प्रमुख आयो भने यहाँबाट सरुवा गरिन्छ।'
मेसिन सञ्चालनमा नआउँदा दमक, विर्तामोड तथा भारतीय सहरहरुमा पुगेर महङ्गो शुल्क खर्चिन बाध्य बन्नु परेको स्थानीय सन्दिप श्रेष्ठ बताउँछन्। केन्द्रमा रगत र खकार जाँचबाहेक अन्य ल्याब सेवा पनि नरहेको उनले जानकारी दिए।
ग्रामीण क्षेत्रको एक मात्र अस्पताल भएका कारण बिरामीको चाप अत्याधिक हुन्छ, तै पनि सोचे अनुसारको सेवा पाउन नसकिएको खजुरगाछी बजार व्यवस्थापन समितिका अध्यक्ष अर्जुन दंगाल बताउँछन्। ‘यो अस्पतालमा अशिक्षित तथा आर्थिक अवस्था कमजोर भएका समुदायका व्यक्तिहरु आउने गरेका छन्, तर अस्पतालमा पर्याप्त सेवा नपाउँदा उनीहरु रोग लुकाएर बस्न बाध्य छन्,' दंगालले भने।
जिल्ला जनस्वास्थ्य कार्यालय झापा यस विषयमा बेखबर छ। जनस्वास्थ्य प्रमुख मधुसुधन कोइरालाले यसबारे आफूलाई केही थाहा नभएको बताए। थाहा खबरसँग उनले भने, 'मलाई यो कसले दिएको हो भन्ने विषयमा जानकारी छैन, यस विषयमा बुझेर कुरा गरौँला।'
स्वास्थ्य केन्द्र प्रमुख धर्मेन्द्रप्रसाद शाहले भने टेक्निसियन अभावमा मेसिन सञ्चालनमा ल्याउन नसकिएको बताए। मेसिन सञ्चालनका लागि जनस्वस्थ्य कार्यालयबाट दरबन्दी नहुने भएका कारण पनि समस्या भएको उनको भनाइ छ।
'जिल्ला जनस्वास्थ्यले एक्स-रे मेसिन सञ्चालनमा टेक्निसियन दिँदैन, हामीसँग धरै पैसा छैन, एकपटक विज्ञापन निकालेका हौँ, तर कसैको आवेदन परेन।' उनले आफूहरु तत्काल यो मेसिन सञ्चालन गर्ने पक्षमा रहेको बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।