समाज

चितवनको ५ गैंडा शुक्लाफाँटा लगिने, चैत २१ देखि स्थानान्तरण

चैत १०, २०७३

    चितवन : चितवन निकुञ्जबाट यही चैत २१ गतेदेखि गैंडा स्थानान्तरण सुरु गरिने भएको छ। शुक्लाफाँटा वन्यजन्तु आरक्षका लागि पाँच वटा गैंडा स्थानान्तरण गर्न लागिएको निकुञ्जका प्रमुख संक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए।

    यो पटक चितवनबाट २ भाले सहित पाँच वटा गैंडा पठाइने छ। गैंडाको काम सकिएपछि शुक्लाफाँटाबाट बाह्रसिंगे ल्याइने जनाइएको छ। सो विषयमा बिहीबार चितवनको सौराहामा तयारी बैठक सम्पन्न भएको र चैत २१ गतेदेखि शुरु हुन लागेको स्थानान्तरण प्रक्रियाका लागि आवश्यक तयारी गरिएको उनले बताए। बैठकले समग्र व्यवस्थापन र अनुगमनका लागि निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलको नेतृत्वमा टोली बनाएको छ।

    यस्तै प्राविधिक टोलीको नेतृत्व वरिष्ठ पशु चिकित्सक डा कमल गैरे तथा डाट टोलीको नेतृत्वमा वन्यजन्तु प्राविधिक हर्कमान र विष्णु लामाले गर्नेछन्। दुर्लभ एक सिंगे र्गंडा स्थानान्तरणका लागि करिव १०० जना परिचालन हुने निकुञ्जले जनाएको छ। यसअघि चैतको दोस्रो साता स्थानान्तरणको काम थाल्ने बताइए पनि आवश्यक तयारी नपुगेकाले एक हप्तापछि सारिएको हो।

    अघिल्लो वर्ष फागुन तेस्रो साता चितवन निकुञ्जबाट ५ वटा गैंडा बर्दिया पठाइएको थियो। तीन बर्षमा चितवनबाट बर्दिया र शुक्लाफाँटामा गरी ३० गैंडा स्थानान्तरण गरिने २०७१ सालको सरकारी निर्णय रहेको चितवन निकुञ्जका सुचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए।

    यो बर्ष कम्तीमा १० वटा पुर्‍याउने लक्ष्य रहेको निकुञ्ज विभागले जनाएको छ। यसअघि पटकपटक गरेर बर्दियामा ८३ वटा गैंडा पठाइएको भएपनि अधिकांश चोरी शिकारबाट मारिएका थिए।

    नेपालमा ६ सय ४५ गैंडा गणना गरिएको छ। जसमा चितवनमा मात्रै ६०० छ भने बर्दियामा ३४ गैंडा छन्। सरकारले चीनमा समेत गैंडा पठाउने तयारी गरेको छ भने बर्दियामा समेत थप गैंडा पठाउने योजना छ। केही अघि कोशी टप्पुबाट चितवनमा १५ वटा अर्ना स्थानान्तरण भइसकेको छ। वन्यजन्तुको वंश संरक्षणका लागि यसरी एकठाउँका जनावर अर्को ठाउँमा लैजाने निकुञ्ज विभागको भनाइ छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]