काठमाडौं : वीर अस्पतालले ग्यास्ट्रोइन्टेरोलोजी सेवा अन्तर्गत अबदेखि हप्ताको एक दिन विशेष ओपिडी सेवा संचालन गर्ने भएको छ। अस्पतालका...
रौतहट : रौतहटको गौरमा सञ्चालन भइरहेको बृहत स्वास्थ्य शिविरमा दुई दिनमा २२ सय भन्दा बढीलाई निःशुल्क स्वास्थ्य परिक्षण, शल्यक्रिया र औषधी वितरण गरिएको छ।
स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा भएको शिविरको पहिलो दिन मंगलबार ९ सय १२ र दोस्रो दिन बुधबार १३ सय ३५ जानले निःशुल्क स्वास्थ्य परिक्षण गरिएको नेपाली सेनाका कर्णेल दीपक अधिकारीले जानकारी दिए। उनले पहिलो दिन ९ जनाको र दोस्रो दिन २६ जनाको निःशुल्क शल्यक्रिया समेत भएको जानकारी दिए। शिविरमा पाठेघर, हाइड्रोसिल, हर्निया, पत्थरी, फेस्टुला, बासिर, भगन्दर लगायत करिव एक दर्जन रोगहरुको निःशुल्क शल्यक्रिया मार्फत् उपचार पनि भइरहेको उनले बताए।
अझै ५ दिनसम्म संचालन हुने शिविरमा आज विहिबार अझै धेरै नागरिक उपचार गर्न आउने अनुमान गरिएको उनले बताए। सुरुमा विहान ९ बजेदेखि बेलुका पाँच बजे सम्ममात्रै शिविर सञ्चालन गर्ने भनिएपनि अत्याधिक भीड भएपछि बुधबारदेखि विहान ७ बजेदेखि बेलुका ७ बजे सम्म संचालन गरिएको र स्वास्थ्यकर्मीहरुको संख्या पनि बढाइएको अधिकारीले जानकारी दिए।
शिविरका लागि विहान ७ बजेअघि नै २ हजार जना भन्दा बढी लाईनमा बसेकाले त्यसपछि लाइनमा नबस्न आग्रह गरिएको थियो। शिविरमा एक दर्जन भन्दा बढी जिल्लाका बासिन्दा र केही भारतीय नागरिकहरु आएको कर्नेल अधिकारीले बताए।
उनका अनुसार स्वास्थ्य मन्त्रालय र नेपाली सेनाका गरी ३० जना चिकित्सक सहित एक सय भन्दा बढी स्वास्थ्यकर्मीहरु शिविरका लागि खटिएका छन्। स्वास्थ्य शिविरमा मोवाइल हस्पीटल मार्फत् ५० बेड क्षमताको अस्पतालले दिने सुविधा दिइएको छ भने विभिन्न सरकारी अस्पतालका श्रोत साधनहरुको पनि प्रयोग गरिएको छ।
शिविर गौरस्थित जिल्ला अस्पताल र नेपाली सेनाको व्यारेक मैदानमा भइरहेको छ। शिविर निरीक्षणका लागि बिहीबार नेपाली सेनाका प्रमुख राजेन्द्र क्षेत्री आउँदै छन्। भने भोली शुक्रबार स्वास्थ्य मन्त्री गगन कुमार थापा आउने कार्यक्रम रहेका छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।