काठमाडौं : मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्...
- गाउँपालिका, वडाका अध्यक्ष तथा सदस्यहरुका लागि लागि नेकपा एमालेको सम्बन्धित कमिटीको सिफारिसमा जिल्ला कमिटीले उम्मेदवार टुङ्ग्याउनेछ।
- नगरपालिकाका प्रमुख, उपप्रमुखको उम्मेदवार सम्बन्धित कमिटीले सिफारिस गर्नेछ भने जिल्ला कमिटीको राय सुझावमा प्रदेश कमिटीले उम्मेदवारको अन्तिम टुङ्गो लगाउनेछ।
- उपमहानगर-महानगरपालिकाको प्रमुख, उपप्रमुखको उम्मेदवार जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीको राय सुझावमा केन्द्रीय कमिटीले टुङ्गो लगाउनेछ। यस्तो छ मापदण्ड स्थानीय तहको निर्वाचनमा एमालेले उम्मेदवारका लागि मापदण्ड समेत तय गरेको छ। जसअनुसार यी व्यक्तिहरु स्थानीय तहको उमेदवार हुन सक्छन्।
- कुनै पनि भ्रष्टाचार, कर छली, नैतिक पतन हुने कार्यमा सामाजिक प्रतिष्ठा गुमाएका, कारबाहीमा परेका व्यक्ति उम्मेदवार हुन सक्ने छैनन्।
- जनताका बीचमा लोकप्रिय व्यक्ति हुनुपर्नेछ।
- समावेशी तथा सबै क्षेत्रलाई समेटिनेछ।
काठमाडौं : मेची-महाकाली राष्ट्रिय अभियान गरेर फर्किएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थानीय चुनावमा केन्द्रित भएको छ। वैशाख ३१ गते तोकिएको स्थानीय निर्वाचनका लागि एमालेले उमेदवार छनोटको तयारी गरेको छ।
बिहीबार एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको स्थायी कमिटीको बैठकले चुनावी अभियान अगाडि बढाउने निर्णय गर्दै वैशाख ३१ नै स्थानीय तहको निर्वाचन सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
'नेकपा एमालेले चुनावी अभियान अगाडि बढाएको छ। वैशाख ३१ गते स्थानीय तहको निर्वाचन सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउदछौ'-बैठकपछि एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, एमालेको सिङ्गो पङ्क्ति वैशाख ३१ गते हुने चुनावमा जुट्नेछ।'
बैठकले स्थानीय तहको निर्वाचनका लागि जिल्ला, क्षेत्र, गाउँ, नगरपालिका तहमा निर्वाचन परिचालन कमिटी बनाउने, मतदान शिक्षा चलाउने निर्णय गरेको छ। यस्तै उम्मेदवार छनोट गर्न कार्यविधि र मापदण्ड समेत बैठकले निश्चित गरेको छ।
हेर्नुस् उम्मेदवार छनोटका लागि एमालेले तय गरेको मापदण्ड
नवप्रवेशीलाई जिम्मेवारी दिइने
एमाले स्थायी कमिटीको बैठकले एमालेमा मेची-महाकाली अभियान तथा अन्य समयमा प्रवेश गरेका व्यक्तिलाई जिम्मेवारी दिनका लागि गृहकार्य गर्न सचिवालयलाई जिम्मेवारी दिएको छ। यस्तै पार्टीभित्र नै जिम्मेवारीबिहीन व्यक्तिलाई जिम्मेवारी दिन सचिवालयले गृहकार्य गर्न बैठकले जिम्मेवारी दिइएको छ।
प्रदेश २ मा चैतमै सभा
बैठकले मेची-महाकाली राष्ट्रिय अभियानका क्रममा रोकिएको २ नम्बर प्रदेशमा यही चैत भित्रै सभा सम्पन्न गर्नेगरी एमालेले तयारी गरिएको छ। जसअनुसार प्रदेश स्तरीय विस्तारित भेला, जिल्लामा कार्यकर्ता भेला तथा गाउँ, नगर तहमा जनसभाहरु गर्ने एमाले तयारी छ। चैत मसान्तसम्म ती सबै कार्यक्रम सम्पन्न गरी वैशाख १ गतेबाट २ नम्बर प्रदेशमा पनि चुनावी अभियान शुरु गर्ने एमालेले जनाएको छ।
निर्वाचन आचारसंहिता पालन गर्न आग्रह
बैठकले निर्वाचन आचारसंहिता लागू भइसकेपछि सरकारले कर्मचारी सरुवा, बढुवा, पदस्थापन, वजेट विनियोजन जस्ता कामहरु गरेको भन्दै त्यसलाई रोक्न आग्रह गरेको छ। 'निर्वाचन आचारसंहिता बिपरित कर्मचारीको सरुवा, बढुवा, पदस्थापन, वजेट विनियोजन जस्ता कार्यहरु भएका छन, त्यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। निर्वाचन आयोगलाई पनि यस्ता कार्यहरु तत्काल रोक्न ध्यानाकर्षण गराएका छौ' सचिव भट्टराईले भने।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।